काठमाडौं । सरकारले आजबाट ४० माइक्रोनभन्दा कम तौलका प्लास्टिकका झोला बिक्रीमा प्रतिबन्ध लगाएको छ ।
वातावरण जोगाउन भन्दै सरकारले ४० माइक्रोनभन्दा कम तौलका प्लास्टिकका झोला प्रयोगमा रोक लगाएको हो । बजेट वक्तव्यमार्फत नै सरकारले यो कार्यक्रम अगाडि सारेको हो । प्लास्टिकको सट्टा कागज, कपडा र जुटको झोला प्रयोगमा ल्याउन आग्रह गरिएको...