सन्धिखर्कका किसानलाई अनुदानमा प्लास्टिक टनेल

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले कृषि उत्पादन बढाउन किसानलाई अनुदानमा प्लास्टिक टनेल वितरण गरेको छ ।  कृषि उत्पादन बढाउने उद्देश्यका साथ किसानकाे मागका आधारमा ५० प्रतिशत अनुदानमा प्लास्टिक टनेल वितरण सुरु गरेकाे सन्धिखर्क नगरपालिकाकाे कृषि शाखाका प्रमुख राजेन्द्र भट्टराईले बताउनुभयो । कृषि समूह, कृषि सहकारी, कृषि फर्महरू सञ्चालन गरेका किसानकाे मागका आधारमा पालिकाकाे कृषि शाखाले पाँच सय २९ वटा प्लास्टिक टनेल वितरण सुरु गरेको हो ।  टनेल वितरण गर्दै सन्ध...