कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० झलारीका राना थारू समुदायका व्यक्तिहरुले गाउँको बीच भागमा दिदी-बहिनीहरुका लागि डोला (पिङ) राखेका छन्। साउन महिनाको पहिलो सातामै राना समुदायले डोला राखेका हुन्। यो राना थारू समुदायको परम्परागत चलन हो।राना थारू बसोवास गर्ने गाउँमा साउन महिनामा सार्वजनिक स्थान पिङ राख्ने गरिन्छ। परम्परागत परिधानमा सजिएका राना थारू महिलाहरु आफनै पारामा गीत गाउँदै पिङमा मच्चिएर आनन्द लिने गर्दछन्। पिङ भने महिलाले राख्दैनन्। सामूहिक भेला हुने सार्वजनिक ठाउँमा दाज