जसपाका अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन

पर्सा । जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताहरूले अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन गरेका छन्। मन्त्रीपरिषद् विस्तारका क्रममा पर्सालाई विभेद गरेको भन्दै उनीहरुले हिजो (शुक्रबार) साँझ यादवको पुत्ला दहन गरेका हुन्। प्रदर्शनकारीले अध्यक्ष यादव मुर्दावाद जस्ता चर्को नारा लगाएका थिए। शुक्रबार विस्तारित मन्त्रीमण्डलमा मधेश आन्दोलनको उर्वर भूमि पर्साबाट कसैलाई नसमेटी आफ्ना आसेपासे र आन्दोलनमा योगदान […]

सम्बन्धित सामग्री

राष्ट्रपतिकाे कदमविरुद्ध प्रदर्शनसहित पुत्ला दहन र चक्काजाम

जनकपुरधाम- नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा बुधबार मधेश केन्द्रित दलहरूले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गर्दै उनको पुत्ला दहन र चक्काजाम गरेका छन् । प्रदेशका प्रमुख प्रतिपक्षी दल लोसपाले विरोध प्रदर्शन स्वरूप जनकपुरधामको पिराडी चोकमा विराेध प्रदर्शन र चक्काजाम गरेका हुन् । उपेन्द्र यादव नेतृत्वको जनता...

जनकपुरमा राष्ट्रपतिको पुत्ला दहन

जनकपुर । नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा मधेश केन्द्रित दलहरुले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध विरोध प्रदर्शन गर्दै राष्ट्रपतिको पुत्ला दहन गरेका छन् । दलहरुले राष्ट्रपति भण्डारीको मधेशका राजधानी जनकपुरधामस्थित जनक चोकमा पुत्ला दहन गरेका हुन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले नगरमा विरोध जुलुस […]

युवा संघद्वारा जनकपुरधाममा विपक्षी नेताको पुत्ला दहन

२० असार, जनकपुरधाम । सत्तारूढ नेकपा एमालेको युवा संघ नेपालले जनकपुरधाममा विपक्षी दलका शीर्ष नेताहरुको पुत्ला दहन गरेको छ । युवा संघका नेता तथा कार्यकर्ताले स्थानीय जनक चोकमा विपक्षी दलका नेताको पुत्ला जलाएका हुन् । उनीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र […]

विपक्षी गठबन्धनका विद्यार्थीद्वारा सरकारविरुद्ध प्रदर्शन [तस्बिरहरु]

विपक्षी गठबन्धनका विद्यार्थीहरुले सरकार विरोधी प्रदर्शन गरेका छन् । बिहीबार प्रदर्शनीमार्गमा उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा नाराबाजी गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन समेत गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले माधवकुमार नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र राजमोका विद्यार्थीहरुले संयुक्त रुपमा गरेको प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी समेत भएको थियो । असंवैधानिक रुपमा प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेको भन्दै विद्यार्थीहरुले सरकार विरोधी प्रदर्शन गर्दै आइरहेका छन् ।

नेविसंद्वारा संसद् विघटनको विरोधमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले  प्रतिनिधिसभा विघटनको विरोधमा कलंकीमा आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा असंवैधानिक रुपमा राष्ट्रपति भण्डारीले शुक्रबार मध्यराति संसद् विघटन गरेपछि काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष, जनमोर्चा लगायत दल र तिनका भ्रातृ संघ संगठनहरु विरोधमा उत्रिएका छन् ।त्यही विरोधअन्तगर्त नेविसंघकी महामन्त्री उर्मिला थ