२ साउन, काठमाडौं । आन्दोलनरत माध्यामिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच १६ बुँदे सहमति भएको छ । सोमबार भएको सहमतिमा साविकको उच्च मावि तह (कक्षा ११ र १२) मा रहेका ४ हजार अनुदान कोटा तथा प्राविधिक धारतर्फको अनुदानमा कार्यरत शिक्षक तथा प्रशिक्षकलाई आवश्यकताको आधारमा दरबन्दीमा रुपान्तरण गर्ने उल्लेख छ […]