म्याग्दीको घोडेपानीमा लालीगुराँस पार्क निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा लालीगुराँस उद्यान (पार्क) निर्माण भएको छ । गुराँसे जङ्गलबीचको सुन्दर पर्यटकीय बस्ती घोडेपानी नजिकै कालीसारमा ५० रोपनी खाली चौरमा विभिन्न संरचना निर्माण गरेर पार्क बनाइएको हो । डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा पार्क बनाइएको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए । ‘उद्यान बनाउन डिभिजन वन कार्यालय म्याग्दीले चालु आर्थिक वर्षमा २० लाख बजेट […]

सम्बन्धित सामग्री

तेह्रथुमको तिनजुरेमा राष्ट्रिय लालीगुराँस पार्क निर्माण हुने

तेह्रथुम । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगममा रहेको तिनजुरेमा पर्यटकलाई थप आकर्षित गर्न राष्ट्रिय लाली गुराँस पार्क निर्माण हुने भएको छ । पार्क निर्माणका लागि शहरी विकास मन्त्रालयबाट एक करोड रुपैयाँ विनियोजन भइसकेको छ । पूर्वी पहाडी क्षेत्रको तिनजुरे, मिल्के, जलजले (टिएमजे) क्षेत्र गुराँसको राजधानीको रुपमा प्रसिद्ध पर्यटकीय गन्तव्य हो । खासगरी यस क्षेत्रमा गुराँस […]

पर्यटकका लागि घोडेपानीमा बन्यो लालीगुराँस पार्क

म्याग्दी : पदयात्रााका लागि विश्वप्रसिद्ध अन्नपूर्णको प्रमुख गन्तव्य स्थल घोडेपानीमा लालीगुराँस उद्यान (पार्क) निर्माण भएको छ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानी र पुनहिलमा घुम्न आउने पर्यटकको बसाइँ लम्ब्याउने उद्देश्यले गुराँसे जंगलबीचमा रहेको कालीसारमा डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा पर्यटन पूर्वाधार निर्माण गरिएको लालीगुराँस पार्क निर्माण समितिका अध्यक्ष देवेन्द्र गर्बुजा पुन(सुशील) ले बताए।अन्नपूर्ण पदयात्रामा आउने पर्यटकको बसाई लम्ब्याउन र छिटो आएक

कालिसारमा लालीगुराँस पार्क निर्माण

अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीस्थित कालिसारमा लालीगुराँस उद्यान (पार्क) निर्माण सम्पन्न भएको छ । घोडेपानी र पुनहिलमा घुम्न आउने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले गुराँसे जङ्गलबीचमा रहेको कालिसारमा डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा पर्यटन पूर्वाधार निर्माण गरिएको लालीगुराँस पार्क निर्माण समितिका अध्यक्ष देवेन्द्र गर्वुजा पुनले बताए । अन्नपूर्ण पदयात्रामा आउने पर्यटकको बसाइ लम्ब्याउन र छिटो आएका पर्यटकलाई लालीगुराँस […]

मुन्धुम अध्ययनका लागि पार्क निर्माण

लालीगुराँस नगरपालिका–३ वसन्तपुरमा लिम्बू जातिको संस्कारमा आधारित अन्तर्राष्ट्रियस्तरको सांस्कृतिक पार्क निर्माण गरिएको छ । विशेषगरी लिम्बू जातिको जन्म, मृत्यु, विवाह, उधौली उभौलीजस्ता मौलिक र जातीय पहिचानसँग सम्बन्धित क्रियाकलाप पार्क परिसरमा गर्न थालिएको छ ।

मुन्धुम अध्ययनका लागि पार्क निर्माण

लालीगुराँस नगरपालिका–३ वसन्तपुरमा लिम्बू जातिको संस्कारमा आधारित अन्तर्राष्ट्रियस्तरको सांस्कृतिक पार्क निर्माण गरिएको छ । विशेषगरी लिम्बू जातिको जन्म, मृत्यु, विवाह, उधौली उभौलीजस्ता मौलिक र जातीय पहिचानसँग सम्बन्धित क्रियाकलाप पार्क परिसरमा गर्न थालिएको छ ।

घोडेपानीमा लालीगुराँस पार्क

म्याग्दीको अन्नपूर्ण गाउँपालिका -६ स्थित प्रसिद्ध पर्यटकीय स्थल घोडेपानीमा लालीगुराँस पार्क निर्माण गरिएको छ । लालीगुराँस पार्कले घोडेपानी र पुन हिलमा पर्यपर्यटन प्रवर्द्धनमा टेवा पुग्ने लक्ष्य लिइएको छ ।

घोडेपानीमा बन्दै लालीगुराँस पार्क

प्रसिद्ध पर्यटकीय स्थल घोडेपानीमा लालीगुराँस पार्क बनाउन लागिएको छ। घोडेपानी र पुनहिलको भ्रमणमा आउने पर्यटकलाई आकर्षित गर्न लालीगुराँस पार्क बनाउन लागिएको हो। लालीगुराँस पार्कले पर्यापर्यटन अभिवृद्धि गरी टेवा पु¥याउने विश्वास गरिएको छ। अन्नपूर्ण पदयात्रामा आएका आन्तरिक तथा बाह्य पर्यटकलाई घना गुराँसे जङ्गलको अवलोकन गराउने, पर्यटकको बसाइ लम्बाउने र पर्यटकलाई घोडेपानीमा थप आकर्षित गर्ने उद्देश्यले डिभिजन वन कार्यालयमार्फत लालीगुराँस पार्क निर्माण थालिएको हो। घोडेपानीको जङ्गलमा मात्र आठ प्रजातिका गुराँस पाइने गर्दछन्।