निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ६ करोड रकम विभिन्न योजनामा बाँडफाँट गरिएको छ । क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद भीम रावल र २ बाट निर्वाचित सांसद भरत साउदको उपस्थितिमा २ वटै निर्वाचन क्षेत्रका विभिन्न योजना समेटेर बजेट बाँडफाँट गरिएको हो ।