मार्तडीको बहुउद्देश्यीय कभर्ड हल अलपत्र : दुई करोडमा टहरो मात्रै ठडियो

जिल्ला सदरमुकाम मार्तडीस्थित निर्माणाधीन खेलकुद विकास कार्यालय र बहुउद्देश्यीय कभर्ड हल अलपत्र अवस्थामा रहेको छ । कार्यालय स्थापनाको २७ वर्षसम्म पनि आफ्नै भवन नहुँदा खेलकुद विकास कार्यालय परिसर घोडा खच्चर चरण...

सम्बन्धित सामग्री

बजेट अभावमा अलपत्र कभर्ड हल

गण्डकी, ७ चैत । लेखनाथ रङ्गशालामा निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल डेढ वर्षयता बजेट अभावमा अलपत्र परेको छ । पोखरा–२९ भण्डारढिकमा छ वर्षअघि निर्माण थालिएको कभर्ड हलले अझै पूर्णता पाउन सकेको छैन । पोखरा रङ्गशालाको विकल्पका रुपमा लिइएको लेखनाथ रङ्गशालाको कभर्ड हल निर्माणले गति नलिएपछि खेलकुदप्रेमी निराश बनेका छन् । निर्माण समितिका अध्यक्ष सुवास खड्काले बजेट […]

दुई करोड बजेटमा निर्माण गरिएको कभर्ड हल अलपत्र

सैनामैना नगरपालिका –६, मा बन्दैगरेको दुई करोड रुपियाँ लगानीको कभर्ड हल अलपत्र परेको छ । खेलकुदको विकास गर्न युवाहरुलाई लक्षित गरी तयार गर्न लागिएको कभर्डहल बजेट अभावमा बीचैमा अलपत्र परेको हो ।

प्रदेश सरकारका योजना अलपत्र

रामेछाप जिल्लामा बागमती प्रदेश सरकारको लगानी रहेका अधिकांश योजना अलपत्र अवस्थामा रहेका छन् । निर्माण कम्पनीले सम्झौताअनुसार तोकिएको समयमा अस्पताल, कभर्ड हल र चिस्यान केन्द्र निर्माण सम्पन्न नगर्दा सञ्चालनमा आउन सकेको छैन । सदरमुकाम मन्थलीमा निर्माणाधीन १५ शøयाका अस्पताल निर्माणको काम लामो समयदेखि रोकिएको छ । अस्पताल निर्माणको काम अलपत्र अवस्थामा छाडरे ठेकेदार भागेपछि गत मङ्सिरदेखि काम गर्ने मजदुर बिचल्लीमा परेका छन् । अस्पताल निर्माणको काम गत असारबाट पूर्ण रूपमा बन्द अवस्था छ । मन्थलीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शøयाका अस्पतालमा स्तरोन्नति गरी आगामी मङ्सिर ३० गते निर्माण सम्पन्न गर्ने गरी गत वर्ष भदौ १० गते शिलान्यास गरिएको थियो ।

६ वर्षमा पनि बनेन कभर्ड हल

व्यवस्थित इन्डोर गेमका लागि जिल्लामा निर्माण थालिएको कभर्ड हल अलपत्र परेको छ । ०७२ सालमा कभर्ड हल निर्माण थालिएको हो । सिस्ने गाउँपालिका–६, ढकालबारामा निर्माणाधीन कभर्ड हलका लागि २ वर्षयता बजेट नपरेपछि अलपत्र परेको छ ।

शिलान्यासको २१ महिना बिते पनि डडेल्धुरा सेमी कभर्ड हल अलपत्र

डडेल्धुरा : अमरगढी नगरपालिका–४ खलङ्गामा ३२ वर्ष पहिले निर्माण भएको कभर्ड हल विसं २०७५ असार ३० मा भत्कियो। एक वर्षसम्म भत्किएको जीर्ण घर जस्ताको त्यस्तै रह्यो। पुनःस्थापित प्रतिनिधिसभा सदस्य एवं राज्यको निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति नीरादेवी जैरुले सोही ठाउँमा गत वर्ष ‘डडेल्धुरा सेमी कभर्ड हल’को शिलान्यास गरिन्। कभर्ड हल शिलान्यासका क्रममा स्वयं जैरु, अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझा र तत्कालीन जिल्ला खेल