काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षभित्र नेपालको जलविद्युत् उत्पादन क्षमता ३ हजार मेगावाट पुग्ने बताउनुभएको छ ।
आज बुधवार राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदाता सम्मान कार्यक्रममा बोल्दै घिसिङले १५ वर्ष पूरा भएका जलविद्युत् आयोजनाहरू सम्पन्न हुन लागेकाले चालु आर्थिक वर्षभित्र नेपालको जलविद्युत् उत्पादन क्षमता ३ हजार मेगावाट पुग्ने बताउनुभएको हो । घिसिङले अबको ५/६ वर्षमा १५ हजार मेगावाट जलविद्युत् उत्पादन क्षमता हुने बताउनुभयो । उहाँले १५ हजार मेगावाट वि...