उत्तरी गोरखाको धार्चे गाउँपालिकामा पाँच श्ययाको धार्चे आधारभूत अस्पताल भवन निर्माण सम्पन्न भएको छ । देशभरका सबै पालिकाहरुमा आधारभूत अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको योजनाअनुसार उक्त अस्पताल भवन निर्माण भएको हो ।
सिरहाको धनगढीमाई नगरपालिकामा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल निर्माण सम्पन्न गर्ने दुई वर्षे म्याद सकिँदासम्म आधा पनि काम भएको छैन।
धनगढीमाई नगरपालिका– ९ मुसहर्नियामा सिनर्जी सुवेदी जेभी कुलेश्वर काठमाडौंले ७ मंसिर...
दैलेख : जिल्लाको महाबु गाउँपालिकामा १० शय्याको अस्पताल भवन निर्माण सम्पन्न नहुँदै भत्किन थालेको छ। संघीय सरकारको योजनाअन्तर्गत निर्माणाधीन १० शय्याको अस्पताल भवनको ढलान भत्किएपछि पानी चुहिने भएको हो।तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली सरकारका पालामा ‘एक स्थानीय तह एक आधारभूत अस्पताल’अन्तर्गत महाबु गाउँपालिकामा निर्माण हुँदै गरेको १० शय्याको अस्पताल भवन निर्माणकै चरणमा भत्किन थालेपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन्।भ्याट बाहेक ५ करोड ५४ लाख ४३ हजार रुपैयाँमा ठेक्का सम्झौता भई नि
रोल्पा अस्पतालको निर्माणाधीन भवन ठेकेदारको ढिलासुस्तीका कारण अलपत्र परेको छ। साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी २९ करोड ५१ लाख २२ हजार लागतमा असोज २०७५ मा आशीष श्री जयन्ती...
'आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन बनाउन लागिएको हो', उनले भने, 'आगामी २०७९ असोजमा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ।'
जिल्ला अस्पताल भवन समयमै निर्माण सम्पन्न नहुँदा सेवाग्राही समस्यामा परेका छन् । आर्थिक वर्ष ०७६/०७७ को असार मसान्तसम्म निर्माण गरिसक्नुपर्ने सो भवन सम्झौता सकिएको १५ महिना पूरा भइसकेको छ । निर्माण व्यवसायीको चरम लापर्बाहीले भवन समयमा नबनेको सरोकारवालाको आरोप छ । अस्पताल विकास समितिका अध्यक्ष फविन्द्र आचार्यले सम्झौता अवधि सकिएको लामो समय वितिसक्दासमेत समेत भवन कहिले सम्पन्न हुन्छ भन्ने अन्यौल रहेकोे बताए ।उनले भने, “स्तरवृद्धि भई अस्पतालले ५० शय्या स्वीकृत पाएको छ । आवश्य
'आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टा-छुट्टै कक्ष सहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन बनाउन लागिएको हो', उनले भने 'आगामी २०७९ असार १५ गतेभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ।'
रोल्पा (अस) । रोल्पा अस्पतालको भवन निर्माणमा ढिलाइ भएको छ । २०७७ असोजमै निर्माण सम्पन्न हुनुपर्ने अस्पताल भवन हालसम्म पनि सम्पन्न हुन सकेको छैन । भवन निर्माण पूरा नहुँदा १५ शय्याको रोल्पा अस्पताललाई ५० शय्यामा स्तरवृद्धि गर्न समस्या भएको छ ।
भवन निर्माणका लागि पटक–पटक ताकेता गर्दा पनि ठेकेदारले विभिन्न बहाना देखाउँदै काममा ढिलाइ गरेको पाइएको छ । भवन अभावका कारण पार्किङ स्थललाई समेत वार्डको रूपमा प्रयोग गर्नुपर्ने बाध्यता रहेको रोल्पा अस्पतालका मेडिकल अधिकृत डा. प्रतिभा सुवेदीले बताइन् । अहिलेकै गतिमा निर्माण भए अझै दुई वर्षसम्म पनि सम्पन्न हुने अवस्था नभएको भन्दै ठेकेदारलाई दबाब दिन सरोकारवालासँग अस्पतालले आग्रह गरेको छ ।
कुल २९ करोड ५१ लाख २२ हजार रुपैयाँ लागतमा अस्पताल भवन निर्माणको जिम्मा २०७५ असोजमा श्री जयन्ती निर्माण कम्पनीले पाएको थियो । भवन निर्माण विभागले उक्त ठेक्काको म्याद पटक–पटक थप गर्दै आएको छ ।