दैलेख : दैलेखमा गत कात्तिकदेखि शुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत पहिलो चरणको सर्वेक्षणको काम सकिएको छ। साइस्मिक सर्वेक्षणअन्तर्गतको काम सकिएसँगै पहिलो चरणको काम सम्पन्न भएको हो।
जिल्लाका नाभिस्थान, शिरिस्थान, पादुकालगायत क्षेत्रलाई आधार मानी चार सय वर्ग किलोमिटर क्षेत्रलाई समेटेर दुई सय किमि साइस्मिक सर्वेक्षण गरिएको थियो। पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत