दुल्लु : दैलेखको पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण उपलब्धिनजिक पुगेको छ।पेट्रोलियम पदार्थ उत्खननको अन्तिम ड्रिलिङ जारी छ। भैरवी गाउँपालिका–१ स्थित शिरस्थान मन्दिरस्थित ज्वाला बलिरहेको क्षेत्रबाट उत्तरपूर्वी क्षेत्रमा पर्ने जलजलेमा अन्तिम ड्रिलिङको तयारी थालिएको छ।ड्रिलिङका लागि सय बाई सय मिटरको खुला स्थान तयार गरिँदै छ। मेसिन जडान गर्न ठाउँ निर्माण भइरहेको छ। खानी तथा भूगर्भ विभागका तर्फबाट निर्माणस्थलमै खटिएका पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेशकुमार नापितका अनुसार