५ साउन, काठमाडौं । पछिल्ला महिनाहरमा देशभर नै बिजुली आपूर्ति नियमित छैन । प्रसारण तथा वितरणलाइन पूर्वाधार कमजोर हुँदा झ्याप्प–झ्पाप्प झ्याप्प बिजुली गएर जताततैका उपभोक्ता प्रताडित छन् । राजधानी काठमाडौंमै मेलम्चीको सुरुङ बन्द भएकाले खानेपानीको आपूर्ति वर्षा लागेपछि झनै प्रभावित भएको छ । अत्यावश्यक बनिसकेको इन्टरनेटको सेवा पनि भरपर्दो छैन । यस्तो बेलामा सिंहदबरबारमा बसेको […]
काठमाडौं, १५ मंसिर । काठमाडौं क्षेत्र नम्बर १ का नवनिर्वाचित सांसद प्रकाशमान सिंहसहितको टोली मेलम्ची खानेपानी आयोजनास्थल निरीक्षणमा पुगेको छ । डेढ वर्षअघिको बाढीले क्षतिग्रस्त आयोजनास्थलबाट हिउँद लागेसँगै काठमाडौंमा पानी पठाउने तयारी भएपछि प्रकाशमानसहितका जनप्रतिनिधि त्यहाँ पुगेका हुन्। बिहीबार मेलम्चीको सुरुङ क्षेत्रमा पुगेका उनीहरुले त्यहाँ भइरहेको कामको प्रगतिबारे पनि जानकारी लिएका छन् । त्यसक्रममा सिंहले […]
काठमाडौं : खानेपानीमन्त्री उमाकान्त चौधरीले अर्बौको लगानीमा निर्माण गरिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सुरक्षार्थ वर्षा यामसम्मका लागि त्यहाँको पानी काठमाडौं उपत्यका ल्याउन बन्द गर्नुपरेको स्पष्ट पारेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयअन्तर्गतको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री चौधरीले उक्त स्पष्टीकरण दिएका हुन्। जल तथा मौसम विभागको प्रक्षेपण, मौसमविद्हरूको सुझाव र सो स्थानमा जडित पूर्व चेतावनी प्रणाली, विज्ञहरूबाट प्
खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानी वितरण बन्द गरिने बताएका छन् ।खानेपानी मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्री चौधरीले मेलम्चीको पानी काठमाडौंतर्फ पथान्तरण गर्ने काम बन्द गरे पनि सरकारले वैकल्पिक स्रोतको व्यवस्था गरी थप १७ करोड लिटर पानी आपूर्ति गरिने बताए ।“यस वर्षको मनसुन भारतको केरलामा प्रवेश गरिसकेको र जल तथा […]
काठमाडौं, असार १४। बाढीले संरचनाहरू भत्काएर क्षति पु(याए पनि मेलम्चीको पानी काठमाडौँ पठाउन भने समस्या नहुने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । परीक्षण स्वरूप काठमाडौँ पठाइएको पानीलाई बन्द गरी सुरुङको निरीक्षण भइरहेको अवस्थामा बाढी आएकाले सुरुङमा क्षति भएको छैन । सुन्दरीजल र अम्बाथानको अडिट सुरुङबाट निरीक्षणको काम सुरु भएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले […]
७ असार, काठमाडौं । गत असार १ गते आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको निर्माणाधीन बाँध, पानी प्रशोधन केन्द्रसहितको संरचना पुरियो । हेडवर्क्स क्षेत्रको ड्रोन भिडियोको विश्लेषणपछि आयोजनाको निष्कर्ष छ, ‘हेडवर्कससम्मको पहुँचमार्ग जति छिटो बन्छ, त्यति नै छिटो आयोजनाको काम फेरि सुरु गर्न सकिन्छ ।’ तर, आयोजनालाई तत्कालै आयोजनाको सुरुङ खाली गराउन अम्बाथानको अडिट सुरुङसँगैको गेट […]
उपत्यकावासीले असार र साउन महिनामा मेलम्चीको पानी नपाउने भएका छन् । मेलम्ची खानेपानी विकास समितिद्वारा असार १ गतेदेखि मेलम्चीको सुरुङ निरीक्षण थालिने भएकाले मेलम्चीको पानी
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वर्षभित्र याङ्ग्री र लार्केको पानी ३ वर्षभित्र काठमाडौंमा ल्याउने बताएका छन्।शुक्रबार काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले २०८१ को नयाँ वर्षमा याङ्ग्री र लार्केको पानी ल्याउनुपर्ने बताएका हुन्।मेलम्चीको सुरुङ बनिसकेकाले याङ्ग्री र लार्केको पानी ल्याउन गाह्रो नभएको उनको भनाइ थियो। 'प्राविधिक रुपमा कति लाग्छ थाहा छैन, तर तीन वर्षभन्दा बढी लाग्नु हुँदैन,’ उनले भने। उनले त्यसैअनुसार
काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले सुरुङ परीक्षणका क्रममा वाग्मतीमा नदीमा पानीको सतह घटबढ हुनसक्ने जनाउँदै सजग रहन स्थानीयवासीलाई अपिल गरेको छ । यही फागुन १० गतेदेखि सुरुङ परीक्षणका लागि पानी पठाइएकामा छिट्टै सुन्दरीजल आइपुग्ने र पानीको केही परिमाण सिधैँ वाग्मतीमा जाने समितिले जनाएको छ ।
पानीको परिमाण एकै पटक बढ्न सक्ने भएकाले सजग रहन भनिएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘एक दुई दिनभित्रै सुन्दरीजलसम्म पानी आइपुग्ने भएकाले सजग रहन सुन्दरीजलदेखि बल्खुसम्म नै माइकिङ हुनेछ ।’ झण्डै दुई दशक पहिले निर्माण शुरु भएको आयोजनाका मुख्य पूर्वाधारका रुपमा रहेको सुरुङको निर्माण गत वर्ष सकिएको थियो । निर्माण सकिएसँगै समितिले गत वर्ष असारमा सुरुङ परीक्षण गरेको थियो । सो परीक्षणका क्रममा ढोका खुल्दा दुर्घटना भएको थियो । मानवीय क्षतिसमेत भएको दुर्घटनापछि समितिले त्यहाँ रहेको त्रुटि सच्याएर पुनः परीक्षण गरेको हो । परीक्षण सकिएर सुरुङमा ठूला समस्या नभएको पाइएमा आगामी महिनाभित्रै काठमाडौँ उपत्यकाको पानी वितरण गर्ने प्रणालीमा पानी पठाइनेछ ।
राष्ट्रिय गौरबको सो आयोजना लामो प्रतिक्षापछि सम्पन्न भएकाले पनि यसले उपत्यकावासीमा आशा जगाएको छ । पानी नियमित वितरण शुरु भएपछि उपत्यकाको खानेपानीको समस्या समाधान हुने विश्वास गरिएको छ । सुरुङ, हेडवर्क र दुई पानी प्रशोधन केन्द्र निर्माण आयोजनाले गरेको हो । पानी वितरणका लागि आवश्यक संरचनाको निर्माण आयोजना कार्यन्वयन निर्देशनालयले गरेको छ भने वितरणको काम काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले गर्नेछ ।