नेकपा एमाले रुपन्देहीको जारी नवौं अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रक्रिया शुरू भएको छ ।
अध्यक्षका लागि तेजेन्द्र केसीको नाम प्रस्ताव भएको छ । उपाध्यक्षमा जागेश्वरी चौधरी, सचिवमा यज्ञ गैरे, सहसचिवमा चित्रबहादुर कार्की र हितराज पन्थीलाई हलबाट सर्वसम्मत प्रस्ताव गरिएको हो ।
अध्यक्ष मण्डलले हलबाट सबै १५१ पदमा नाम प्रस्ताव गरेको केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज एवम् अध्यक्ष मण्डलका सदस्य भूमिश्वर ढकालले जानकारी दिए ।
सर्वसम्मत नेतृत्व चयनका लागि भन्दै अध्यक्ष मण्डलका तर्फबाट शिवराज सुवेदीले सबै कलस्टरका नाम प्रस्ताव गरे...