कञ्चनपुरमा बहुमूल्य वनस्पतिका रुपमा रहेको रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती विस्तार हुन थालेको छ । नेपालमै पहिलोपटक ८ वर्षअघि कञ्चनपुरको भीमदत्त नगरपालिका-३ भासीमा ७ कट्ठा जग्गामा रक्तचन्दन र श्रीखण्डका बिरुवा रोपेर सुरु गरिएको व्यावसायिक खेती २ वर्षअघि थप १ बिघामा विस्तार गरिएको हो ।