११ फागुन, चन्द्रौटा । भगवान् गौतम बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको प्राचीन तिलौराकोटमा विगत जस्तै यस वर्ष पनि उत्खनन थालिएको छ । उत्खननमा बेलायतको दुरह्याम विश्वविद्यालय, पुरातत्व विभाग, लुम्बिनी विकास कोष र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विज्ञ सहभागी छन् । तिलौराकोट क्षेत्रको विभिन्न ठाउँमा उत्खनन कार्य ४५ दिनसम्म चल्ने पुरातत्व विभागका प्रमुख रामबहादुर कुँवरले जानकारी […]
१ चैत, काठमाडौं । काठमाडौं महानगरपालिका-२७ को छुस्याबहाल अगाडिको बहीलाछीमा पुरातात्विक उत्खनन् सकिएको छ । शुक्रबारदेखि सुरु गरिएको उत्खनन् तीन दिनसम्म चलेको थियो । वडा कार्यालय बनाउन लागिएको ठाउँमा मध्यकालीन पाटी रहेको भन्दै स्थानीय तथा अभियन्ताहरुले विरोध गरेपछि निर्माण रोकेर सुरु गरिएको उत्खनन्मा अभियन्ता र स्थानीयले दाबी गरेअनुसारको प्रमाण नभेटिएको पुरातत्व विभाग स्रोतले जनाएको छ […]
जिल्लाको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको कैलास सन्यास आश्रममा शिखर शैलीको शिव मन्दिर पुर्ननिर्माण हुने भएको छ ।गैँडाकोट नगरपालिका १३ मा रहेको कैलास सन्यास आश्रममा करीब नौ सय वर्ष अघि निर्माण भएको र हाल भग्नावशेषका रुपमा रहेको वास्तुकलाले भरिएको ढुङ्गाबाट शिखर शैलीको उक्त शिव मन्दिर पुर्ननिर्माणको काम थालनी गरिएको हो ।
गजुर छोडेर ५१ फिट उचाई र चौडाई १७ देखि १९ फिट भएको सो कैलाश सन्यास आश्रम महादेव स्थानका अध्यक्ष पुण्यप्रसाद घिमिरेले जानकारी दिनुभयो । पाँच वर्ष अघि उत्खनन गरी निकालिएका वास्तुकलाले भरिएका ढुङ्गै ढुङ्गाले मन्दिर निर्माण गरिने र भित्र पुरानो शिव लिङ्ग राखिने घिमिरेले जानकारी दिनुभयो ।
मन्दिर निर्माणका लागि पुरातत्व विभागले सात करोड ६८ लाख रुपियाँ बिनियोजन गरेको समितिका अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । यस अघि पुरातत्व विभाग आफैले यहाँ उत्खनन् गरि १५ सय १८ वटा ढुङ्गा उत्खनन गरेर राखेको थियो ।