काठमाडौं । भुक्तानी सेवा प्रदायक सेलकमले सेलपे सेवा अव वालेट मार्फत पनि चलाउन सकिने गरी सेवा विस्तार गरेको छ । सेलपे सेवा अब बैंक खाताका साथै वालेटबाट पनि संचालन गर्न सकिने नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त पहिलो भुक्तानी सेवा प्रदायक हो । नेपाल राष्ट्र बैंकबाट वालेट अनुमति प्राप्त गरेसँगै अब सेलपेका ग्राहकहरुले बैंक लिंक मार्फत वा वालेट लोड गरि कारोबार गर्न सक्नेछन् । यसै उपलक्ष्यमा सेलपेले आफ्नो नयाँ यूआई पनि सार्वजनिक गरेको छ जसमा ग्राहकहरुलाई सेवा प्रयोग गर्दा अझ बढी सहज बनाउनका लाग