विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा आजदेखि विराटनगरमा ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३’ हुँदैछ । बिहान ९ः३० बजेबाट सुरु हुने सम्मेलनका लागि सबै प्रदेशका मुख्यमन्त्री विराटनगर पुगिसकेका छन् । सम्मेलन भोलिसम्म हुनेछ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्री, मुख्य न्यायाधिवक्ता, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र प्रमुख सचिव सहभागी हुनेछन् । सम्मेलनमा […]
कास्की । बडादसैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका छन् । हिमाली जिल्ला मुस्ताङसहित दार्चुला, बझाङ, बाजुरा र डोल्पाबाट व्यापारीले बिक्रीका लागि भेडाच्याङग्रा यहाँ ल्याएका हुन् । पोखरा महानगरपालिका–१ सिमपानी र पोखरा–२५ हेमजामा भेडाच्याङग्राको हाटबजार सञ्चालनमा छ । पोखरा महानगरपालिका पशु सेवा शाखाका पशु चिकित्सक नवराज अधिकारीका अनुसार मुस्ताङबाट नौ हजार, दार्चुलाबाट दुई […]
काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना सुरु भएको छ । खुला केन्द्रीय सदस्यको बाकस खोली मतगणना थालिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए । पदाधिकारीको मतगणना अन्तिम चरणमा पुगेको बताइएको छ । बुधबार सम्म सबै मतपरिणाम सार्वजनिक गर्ने गरी गणनालाई तीव्रता दिइएको समितिले जानकारी दिएको छ ।
सिरहा । सिरहाको गोलबजार नगरपालिका–१ बैरीबाणबाट प्रहरीले खैरो हेरोइनसहित दुई युवकलाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सोमबार प्रहरी चौकी मुक्सार र लागूऔषध नियन्त्रण ब्युरोको गोलबजार शाखाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार बैरीबाणबाट कसाहातर्फ जाँदै गरेको स ६ प ७३३७ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा चालक सिरहा […]
पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर ‘सिल्भर ट्रयाङ्गल’ अवधारणामा पर्यटन प्रवर्द्धनको साझा पहल अगाडि बढाइएको छ । पर्यटन प्रवर्द्धन, पर्यटन विकास, असल अभ्यास आदान-प्रदान तथा आपसी सहकार्यका लागि कास्कीको पोखरा महानगरपालिका, चितवनको भरतपुर महानगरपालिका र रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच विगतमा भएको समझदारी कार्यान्वयनका लागि तीनवटै स्थानीय तहले अग्रसरता लिएका हुन् । […]