दुई दशकदेखि यो विषयमा गीतमार्फत बोलिरहँदा समाज भने खासै गतिशील नभएको हो कि भन्ने यश कुमारलाई लाग्छ । समाज शान्त भएको बेला, जातीय विभेदका कुनै समाचार नआएको बेला साँच्चै समाज अघि बढेछ भन्ने उनलाई लाग्छ । 'तर जब पूर्व-पश्चिम, उत्तर-दक्षिण कतैबाट जातीय विभेदका घटनाको न्युज आउँछ, तब समाज त जहाँको त्यहीं पो रहेछ जस्तो लाग्छ,' उनी भन्छन् ।