बीपी प्रतिष्ठानका स्वास्थ्यकर्मी नियमित काममा फर्के

काठमाडौँ– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ओपिडीसहितका सबै उपचार सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मी एक सातापछि काममा फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै आन्दोलनरत संयुक्त संघर्ष समितिको धेरै माग पूरा भएको र बाँकी पूरा हुने प्रक्रियामा रहेको जानकारी गराएपछि स्वास्थ्यकर्मी नियमित काममा फर्केका हुन् । योसँगै आजैदेखि ओपिडीसहितका अन्य […]

सम्बन्धित सामग्री

माग पूरा हुने भन्दै बिपीका कर्मचारीलाई काममा फर्कन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य मन्त्रालयले केही माग पूरा भएको र केही हुन बाँकी क्रममै रहेको भन्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत स्वास्थ्यकर्मीलाई काममा फर्किन आग्रह गरेको छ। आइतबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले भदौ २० गतेदेखि आन्दोलनरत स्वास्थ्यकर्मीलाई आन्दोलन स्थगित गरेर काममा फर्किन अनुरोध गरेको हो। मन्त्रालयले बुँदागत रुपमा आन्दोलरत स्वास्थ्यकर्मी तथा कर्मचारीका मागको अवस्थाका बारेमा उल्लेख […]

सरकारसँग छ बुँदे सहमति पश्चात बीपी प्रतिष्ठानका स्वास्थ्यकर्मी काममा फर्किए

रत्न आचार्य सुनसरी । स्वास्थ्य मन्त्रालयका प्रतिनिधिसँग छ बुँदे सहमति भएपछी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्वास्थ्यकर्मीहरु काममा फर्किएका छन् । बुधवार स्वास्थ्य मन्त्रालयले गठन गरेको स्वास्थ्य सेवा विभागका निर्देशक डा. कृष्णप्रसाद पौडेलको संयोजकत्वमा भएको वार्तामा छ बुँदे सहमति भएपछि आन्दोलनरत स्वास्थ्यकर्मीहरु काममा फर्किएका हुन् । मन्त्रालयको टोलीसँग हिजो प्रधानमन्त्रीलाई बुझाइएको कार्यदलको प्रतिवेदन तत्काल […]

सङ्क्रमण र दुव्र्यवहारसँग जुध्दै सेवामा स्वास्थ्यकर्मी

नेपालमा कोरोना भाइरस (कोभिड–१९) महामारीको चपेटामा अग्रपङ्क्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी परेका छन् । कोरोना उपचार हुने प्रत्येक अस्पतालमा कार्यरत दर्जनाँै स्वास्थ्यकर्मी सङ्क्रमित छन् । ती अस्पतालमा कार्यरत अस्पताल निर्देशकदेखि, स्टाफ नर्स, चिकित्सक, ल्याबमा कार्यरत कर्मचारी, सरसफाइ कर्मचारीदेखि प्रशासन सम्मका कर्मचारीलाई कोरोना भाइरस सङ्क्रमण भइरहेको छ । वीर अस्पताल, शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भरतपुर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोसी अस्पताल, भेरी अस्पताल लगायतका अस्पतालमा कार्यरत सयौँ स्वास्थ्यकर्मी यतिखेर आइसोलेसनमा उपचाररत छन् । कतिपय चिकित्सक तथा नर्स निको भएर काममा फर्किसकेका छन् । जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख तथा कोसी कोभिड अस्पताल व्यवस्थापन प्रमुख ज्ञानबहादुर बस्नेत पनि २६ दिनको आइसोलेसन बसाइपछि कोरोनालाई जितेर नियमित काममा फर्कनुभएको छ ।