काठमाडौं : नेपाली कला, संस्कृतिलाई नेपाली पहिरनको माध्यमबाट विश्वसामु चिनाउन भेषभुषा डटकम सञ्चालनमा आएको छ। काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा महानायक राजेश हमालले भेषभुषा डटकमको शुभारम्भ गरे। उनले नेपाललाई वेशभूषाका माध्यमबाट विश्वसामु चिनाउने अभिप्रायसहित भेषभुषा डटकम शुरु भएको बताए। हमालले फेसनबाट कोही पनि टाढा बस्न नसक्ने र हरेक मानिसले कुनै न कुनै माध्यमबाट आफ्नो व्यक्तित्वमा वेशभूषालाई समेटिरहने बताए। उनले फेसन समाजमा नभइ नहुने कुरा भएको पनि बताए।कम्पनीले ने