२५ हजार रूपैयाँको सीमाले भारतीय पर्यटकलाई सास्ती

बारा : सिमरा विमानस्थल हुँदै पोखरा र काठमाडौं घुम्न जाने भारतीय पर्यटकले विमानस्थलमा सास्ती बेहोर्नुपरेको छ।नेपाल राष्ट्र बैंकले सय रूपैयाँभन्दा माथिका भारतीय नोटमा प्रतिबन्ध लगाएपछि नेपाल घुम्न आएका भारतीय पर्यटकले सास्ती भोग्नुपरेको हो।१ सयको २५ हजारभन्दा धेरै भारतीय रकम बोकेर आएका पर्यटकलाई विमानस्थल प्रहरीले नियन्त्रणमा लिएर कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाउने गरेको छ।वीरगञ्ज भन्सार हुँदै नेपाल घुम्न आउने भारतीय पर्यटकलाई भन्सारमा सूचना केन्द्र नहुनु तथ

सम्बन्धित सामग्री

भक्तपुर-नगरकोट मुख्य सडक बन्द, सर्वसाधारण र पर्यटकलाई सास्ती

भक्तपुर–नगरकोट सडक खण्ड सैलुङ कन्स्ट्रक्सन–एआइपिएल (आरामाली इन्फ्रा पावर लिमिटेड) जेभीले २०७१ जेठ २२ मा सम्झौता गरी २०७३ साल कात्तिक ४ गते सडक निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेर काम सुरु गरे पनि ८० प्रतिशत काम सकेर कालोपत्र, नाली, पर्खाल निर्...

भक्तपुर नगरकोट मुख्य सडक बन्द, सर्वसाधारण र पर्यटकलाई सास्ती

भक्तपुर, १५ कात्तिक । निर्माण सुरु भएको आठ वर्षसम्म पनि सम्पन्न नगरेको भन्दै भक्तपुर नगरकोट मुख्य सडकका बासिन्दा र नगरकोटका पर्यटन व्यवसायीले दुई दिनदेखि त्यहाँको बन्द गराएका छन् । नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा चिनिँदै आएको पर्यटकीयस्थल नगरकोट जाने मुख्य सडक निर्माण अलपत्र पारेर निर्माण कम्पनीले स्थानीय बासिन्दा र व्यवसायीलाई निकै सास्ती दिएको भन्दै छिटो […]

वर्षौंदेखि बेलहिया–भैरहवा सडक अलपत्र, पर्यटकलाई सास्ती

नेपाल–भारत सीमा नाका बेलहियाबाट दैनिक पर्यटक आउजाउ गरिरहेका हुन्छन् । भारतीय पर्यटकहरु नेपाल घुम्न आउने तथा कामको सिलसिलामा भारत गएका नेपालीहरु फर्किने मुख्य नाकाका रूपमा बेलहिया नाका रहेको छ । स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्र्याउने बेलहिया नाका अहिले अलपत्र परेको छ । करिब आठ वर्षदेखि निर्माण भइरहेको बेलहिया–भैरहवा सडकखण्डको बेलहियामा अहिलेसम्म सडक बनिसकेको छैन । मुख्य सडकमै ठूला–ठूला खाल्डा बनेका छन् । करिब एक किलोमिटर सडक नबन्दा पर्यटकले सास्ती त पाएकै छन् बेलहि

सडक निर्माणमा ढिलासुस्ती हुँदा पर्यटकलाई सास्ती

म्याग्दी- म्याग्दीस्थित गण्डकी प्रदेशकै प्रमुख पर्यटकीयस्थल घोडेपानी जोड्ने पोखरेबगर–घोडेपानी सडक निर्माणमा भएको ढिलासुस्तीले पर्यटक र स्थानीयवासीलाई सास्ती भएको छ ।कालोपत्र, ढलान र ग्राभेल गरेर स्तरोन्नति गर्ने लक्ष्यसहित चार वर्षअघि सुरु भएको सडक निर्माण कार्य अधकल्चो र अधुरो बनेको छ । तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विसं २०७५ मंसिरमा सुरु गरेको १८ किलोमिटर ५४० मिटर दुरीको अन्नपूर्ण […]

मुस्ताङ भ्रमणमा निस्किएका पर्यटकलाई सास्ती

म्याग्दी । मुस्ताङ भ्रमणमा आएका पर्यटकले सास्ती खेप्नुपरेको छ । चार दिनसम्म परेको अविरल वर्षाको कारण बेनी–जोमसोम सडकखण्ड अन्तर्गत पर्ने म्याग्दीको रघुगंगा गाउँपालिका–३ को राहुघाटको पहिरो, अन्नपूर्ण गाउँपालिका–३ को काभ्रेभिर पहिरो र मुस्ताङको मार्फा खोलामा आएको बाढीको कारण घण्टौंसम्म सडक अवरुद्ध हुँदा पर्यटक, यात्रु र स्थानीयवासी मारमा परेका हुन् । दशैंको टीकाको दिनदेखि नै म्याग्दी हुँदै मुस्ताङको भ्रमणमा दैनिक २ हजारदेखि ३ हजारे संख्यामा पर्यटक भित्रिएका छन् । राहुघाटमा सडकमाथिबाट खसिरहने पहिरो र हिलाम्मे सडकका कारण अधिकांश सवारीसाधन सडकमै फस्ने समस्याले यात्रुले घण्टौंसम्म जामको सामना गर्नुपरेको छ । मुस्ताङबाट फर्किएका चितवनका हरि सापकोटाले राहुघाटको पहिरोको जाममा ४ घण्टासम्म कुर्नुपरेको बताए । राहुघाटमा तीन दिनयता घण्टौंसम्म सवारीसाधनको एक किलोमिटर लामो जाम हुने गरेको छ । राहुघाटको पहिरोले बेनी–जोमसोम सडक हुँदै मुस्ताङको भ्रमणमा जाने पर्यटकका साथै म्याग्दीको रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाका स्थानीयवासीलाई जिल्ला सदरमुकाम बेनी आवतजावत गर्न सास्ती भएको छ । राहुघाट र काभ्रेभीरको पहिरोमा यात्रुलाई सहजीकरण गर्न प्रहरी नियमित रूपमा खटिएका छन् भने सडकलाई नियमित सञ्चालनमा ल्याउन सम्बन्धित निर्माण कम्पनीलाई ताकेता गरिएको छ । यद्यपि यसमा निर्माण कम्पनीले बेवास्ता गरेको म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए । ‘राहुघाट पहिरो पन्छाउन सडक निर्माण गर्ने ठेकेदारलाई ताकेता गर्दा पनि सम्भव भएको छैन, अहिले प्रहरीले नै यात्रुलाई सहजीकरण गर्ने काम गरेको छ,’ उनले भने, ‘तर प्रहरीको प्रयासले मात्रै सडक सहज बनाउन सम्भव छैन ।’ त्यसैगरी मुस्ताङको मार्फा खोलामा आएको बाढीले सवारीसाधन वारपार गर्ने अस्थायी पुल पुरेको छ । पुल पुरिएपछि सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा सवारीसाधन वारपार गराउँदा पर्यटकले घण्टौंसम्म जामको सामना गर्नुपरेको नेपाल पत्रकार महासंघ मुस्ताङका सचिव सुशील थकालीले जानकारी दिए ।

मुस्ताङ भ्रमणमा निस्किएका पर्यटकलाई सास्ती

म्याग्दी : दशैँको अवसरमा हिमालपारीको जिल्ला मुस्ताङ भ्रमणमा आएका पर्यटकले सास्ती बेहोर्नुपरेको छ।चार दिन परेको अविरल बर्षाका कारण बेनी–जोमसोम सडकखण्डअन्तर्गत पर्ने म्याग्दीको रघुगंगा गाउँपालिका–३ को राहुघाटको पहिरो, अन्नपूर्ण गाउँपालिका–३ को काभ्रेभीर पहिरो र मुस्ताङको मार्फा खोलामा आएको बाढीले घण्टौं सडक अवरुद्ध हुँदा पर्यटक, यात्रु र स्थानीयले सास्ती बेहोरेका हुन्।टीकाको दिनदेखि नै म्याग्दी हुँदै मुस्ताङको भ्रमणमा दैनिक २ देखि ३ हजार पर्यटक

प्रतिकूल मौसमले गर्दा शे - फोक्सुण्डो घुम्न आएका पर्यटकलाई सास्ती

कात्तिक २, जाजरकोट ।प्रतिकूल मौसमका कारण स्थलमार्ग र हवाई मार्ग प्रभावित भएपछि डोल्पाकोे फोक्सुण्डो घुम्न आएका पर्यटकलाई सास्ती भएको छ ।            निरन्तर वर्षाका कारण मौसम बिग्रिएपछि हवाई उडान प्रभावित भएका कारण दशैंको विदामा डोल्पाकोे शे - फोक्सुण्डो घुम्न आएका पर्यटकलाई घर फर्कन समस्या भएको डोल्पाको जुफाल विमानस्थलस्थित त्रिपुरा होटलका सञ्चालक बालकृष्ण डाँगीले बताए ।            मौसममा आएको प्रतिकूलताले बाक्लो हुस्सुका कारण हवाई उडान प्रभावित बनेको जुफाल विमानस्थलको कार्यालयले बताएको छ ।             अहिले आन्तरिक तथा बाह्य पर्यटकका कारण होटल भरिभराउ भएका छन् । स्थल मार्गबाट डोल्पा पुग्ने पर्यटकको मुख्य रोजाई शे - फोक्सुण्डो, जुफाल र उपल्लो डोल्पाको विभिन्न धार्मिक तथा पर्यटकीयस्थल पर्दै आएका छन् । दैनिक ४० भन्दा बढी पर्यटकलाई आफूले होटलमा व्यवस्थापन गर्दै आएको सञ्चालक डाँगीले बताए।             यो मौसम डोल्पा घुम्नका लागि सबैभन्दा उत्कृष्ट रहेको उनले बताए । शे - फोक्सुण्डो राष्ट्रिय निकुन्ज सुलिगाडका अनुसार दिनमा १०० भन्दा बढी पर्यटक फोक्सुण्डो तालतिर जाने गरेका छन् । मंसिरदेखि हिमपात शुरु हुने भएकाले अहिले समयमा उपल्लो डोल्पामा घुम्ने पर्यटकका लागि उपयुक्त समय मानिन्छ । पछिल्लो समय पर्यटन क्षेत्रलाई ध्यानमा राखेर डोल्पामा सुविधासम्पन्न होटल खुल्ने क्रम बढ्दो रहेको पत्रकार रामचन्द्र न्यौपानेले बताए।  हवाई मार्ग भन्दास्थल मार्ग हुँदै डोल्पा जानेको सङ्ख्या बढी रहेको छ ।  रासस

प्रतिकूल मौसमका कारण फोक्सुण्डो घुम्न आएका पर्यटकलाई सास्ती

प्रतिकूल मौसमका कारण स्थलमार्ग र हवाई मार्ग प्रभावित भएपछि डोल्पाको फोक्सुण्डो घुम्न आएका पर्यटकलाई सास्ती भएको छ ।

प्रतिकूल मौसमका कारण फोक्सुण्डो घुम्न आएका पर्यटकलाई सास्ती

प्रतिकूल मौसमका कारण स्थलमार्ग र हवाई मार्ग प्रभावित भएपछि डोल्पाको फोक्सुण्डो घुम्न आएका पर्यटकलाई सास्ती भएको छ ।

मौसम बिग्रदा फोक्सुण्डो जाने पर्यटकलाई सास्ती

जाजरकोट– दशैँ र तिहारको बीचमा डोल्पाको फोक्सुण्डो घुम्न जाने पर्यटकलाई सास्ती भएको छ । स्थलमार्ग, हवाइ मार्गमार्फत डोल्पामा घुम्न जाने पर्यटकलाई मौसममा आएको खराबीले समस्या ल्याएको डोल्पाको जुफाल विमानस्थलस्थित त्रिपुरा होटलका सञ्चालक बालकृष्ण डाँगीले बताए । दुई दिनदेखि हवाइ रुटमा मौसम खराब भएकाले बीच बाटोबाट फर्कनु परेको समिट एयरका स्टेशन म्यानेजर पूर्णजंग शाहीले बताए । […]