नयाँ वर्षमा एकैदिन सौराहामा ५ हजारभन्दा बढी पर्यटक भित्रिए

वैशाख २, चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा नयाँ वर्षमा एकैदिन पाँच हजार बढी पर्यटक भित्रिएका छन् । सौराहामा आयोजना गरिएको सौराहा फुड फेष्टिवल तथा नयाँ वर्षको प्रभावले  एकैदिन सो संख्यामा पर्यटक भित्रिएका हुन् । यो कोरोना कहर पछिको उच्च संख्या भएको व्यवसायीको भनाइ छ ।  बुधवारबाट फेष्टिवल शुरु भएको  थियो  । नयाँ वर्ष मनाउन र फेष्टिवलमा रमाउन स्वदेशी तथा विदेशी पर्यटक सौराहा आएको फुड फेष्टिवल संयोजक ध्रुव गिरीले जानकारी दिए  । फेष्टिवलको प्रभावले सौराहा भरिभराउ रहेको र सबै होटल बुकिङ भएका छन् । सौराहामा अहिले करीब ८०० को हाराहारीमा विदेशी पर्यटक रहेका छन् ।  बुधवार सौराहा आएका स्वदेशी पर्यटकमध्ये केही फर्किएका छन् भने त्यत्तिकै संख्यामा बिहीवार पनि पर्यटकहरु आएको गिरीले बताए । आउने र जाने पर्यटकको संख्या उत्तिकै रहेका कारण सौराहामा पर्यटक खचाखच रहेको छ ।  प्रणय दिवसको अवसरमा आयोजना हुँदै आइरहेको फुड फेष्टिवल यसपटक चैत ३० देखि वैशाख २ गते (आज) सम्म सञ्चालन हुनेछ । उनले कोरोनाको संक्रमण घट्दै गइरहेको र पर्यटन व्यवसाय पनि सुचारू भएकोले नेपाली नयाँ वर्षमा फेष्टिवल आयोजना गरिएको बताए । फेष्टिवलका लागि सौराहाको मुख्य बजार कलात्मक तरीकाले सजाइएको छ । फेष्टिवलअन्तर्गत सौराहाको मुख्य बजारमा स्थानीय, स्वदेशी तथा विदेशी खानाको परिकार राखिएको फेष्टिवलको आयोजक संस्था रेवान सौराहाका अध्यक्ष नरेश गिरीले बताए । फेष्टिवल अवधिभर कार्यक्रमस्थलदेखि सौराहा ड्याकसम्म हरेक दिन बेलुका जनजातिहरुको झाँकी प्रदर्शन तथा सडकमै खाने र सडकमै रमाउने व्यवस्था  मिलाइएको छ । नयाँ वर्ष मनाउन आएका पर्यटकहरु फेष्टिवलमा रमाउने वातावरण बनाइएको छ ।  सडककिनारमा व्यवसायीले तयार गरेको खानाको स्वाद लिँदै विभिन्न जातजातिको संस्कृतिसँग रमाउन सक्ने गिरीले बताए । 

सम्बन्धित सामग्री

८ महिनामा ६ लाख पर्यटक भित्रिए

काठमाडौं । विगतका वर्षहरुको तुलनामा यो वर्ष नेपाल आउने विदेशी पर्यटकको संख्या ८४ प्रतिशतले बढेको छ । वितेका ८ महिनामा हवाइ मार्ग हुँदै ६ लाख भन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन्। सन् २०२३ को वितेका ८ महिनामा कुल ६ लाख १ हजार ३६० जना विदेशी पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । […] The post ८ महिनामा ६ लाख पर्यटक भित्रिए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सात महिनामा ८१ जना मात्रै पर्यटक भित्रिए

काठमाडौं, पुस ५ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो सात महिनामा जम्माजम्मी ८१ जना विदेशी पर्यटकले ओहोरदोहोर गरेका छन् । गत जेठ २ गतेदेखि व्यावसायिक सञ्चालनमा आएको सो विमानस्थलबाट ४५ जना विदेशी पर्यटक भित्रिएका छन् भने ३६ जना बाहिरिएका हुन् । विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख अनुप केसीका अनुसार सबैभन्दा बढी पर्यटक फिलिपिन्स, इजिप्ट, पाकिस्तान, […]

अक्टोबरमा कहाँबाट कति पर्यटक भित्रिए ?

कोभिड महामारीपछि ‘अक्टोबर’ महिनामा सबैभन्दा बढी पर्यटक भित्रिएका छन् । एक महिनामा विभिन्न देशबाट ८८ हजार पाँच सय ८२ पर्यटक नेपाल भित्रिएका हुन् । यो संख्या कोभिडअघि अक्टोबर २०१९ को तुलनामा...

सात महिनामा तीन लाख विदेशी पर्यटक भित्रिए

काठमाडौँ,१९ साउन । सन् २०२२ को सात महिनामा झण्डै तीन लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार जनवरीदेखि जुलाई महिनासम्म हवाईमार्ग भएर दुई लाख ८५ हजार तीन सय ६३ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । पछिल्लो जुलाईमा ४४ हजार चार सय ६२ पर्यटक आएका […]

सात महिनामा तीन लाख विदेशी पर्यटक भित्रिए

सन् २०२२ को सात महिनामा झण्डै तीन लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार जनवरीदेखि जुलाई महिनासम्म हवाईमार्ग भएर दुई लाख ८५ हजार तीन सय ६३ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् ।पछिल्लो जुलाईमा ४४ हजार चार सय ६२ पर्यटक आएका छन् । सन् २०१९ को जुलाई महिनामा ५८ हजार आठ सय ११ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । जुलाईमा छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी १७ हजार दुई सय ९९, बङ्गलादेशबाट एक हजार आठ सय ७४ पर्यटक भित्रिएक

घलेगाउँमा २१ वर्षमा दुई लाखभन्दा बढी पर्यटक भित्रिए

लमजुङ, २३ फागुन । लमजुङको क्व्होलासोथार गाउँपालिका–३ मा पर्ने घलेगाउँमा २१ वर्षमा दुई लाखभन्दा बढी पर्यटक भित्रिएका छन् । स्मार्ट भिलेजको रुपमा परिचित घलेगाउँ २०५७ सालदेखि १२ घरबाट होमस्टे सञ्चालन गरिएको थियो । घलेगाउँका १३५ घरमध्ये हाल ४२ घरमा होमस्टे सञ्चालन गरिएको छ जानकारी दिएका घलेगाउँ पर्यटन समितिका अध्यक्ष प्रेम घलेले अब सुखी गाउँको रुपमा […]

घलेगाउँमा २१ वर्षमा दुई लाखभन्दा बढी पर्यटक भित्रिए

लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिका–३ मा पर्ने घलेगाउँमा २१ वर्षमा दुई लाखभन्दा बढी पर्यटक भित्रिएका छन् । स्मार्ट भिलेजको रुपमा परिचित घलेगाउँ २०५७ सालदेखि १२ घरबाट होमस्टे सञ्चालन गरिएको थियो । घलेगाउँका १३५ घरमध्ये हाल ४२ घरमा होमस्टे सञ्चालन गरिएको छ जानकारी दिएका घलेगाउँ पर्यटन समितिका अध्यक्ष प्रेम घलेले अब सुखी गाउँको रुपमा घोषणा गरिने […] The post घलेगाउँमा २१ वर्षमा दुई लाखभन्दा बढी पर्यटक भित्रिए appeared first on राजधानी राष्ट्रिय दैनिक.

जनवरीमा १७ हजार पर्यटक भित्रिए

अंग्रेजी वर्ष २०२२ को पहिलो महिना जनवरीमा विभिन्न देशबाट करिब १७ हजार पर्यटक घुम्नका लागि नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा हवाई मार्ग हुँदै १६ हजार ९७५ जना पर्यटक नेपाल भित्रिएका हुन् ।यो महिना भारतबाट सबैभन्दा बढी ३ हजार ९१६ पर्यटक नेपाल आएका छन् । त्यसैगरी बंगलादेशबाट १२ सय ३६, चीनबाट ३२१, […]

आठ महिनामा ६६ हजारविदेशी पर्यटक भित्रिए

सन् २०२१ को आठ महिनामा ६६ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार अंग्रेजी वर्षको जनवरीदेखि अगस्ट महिनासम्म ६६ हजार नौ सय ६६ विदेशी पर्यटक नेपाल आएका...

दुई महिनामा १८ हजार पर्यटक भित्रिए

कोरोना महामारी नियन्त्रणमा आउन थालेसँगै विदेशी पर्यटक आगमनमा पनि सुधार देखिएको छ । अंग्रेजी वर्षको पहिलो दुई महिना जनवरी र फेब्रुअरीमा गरी १८ हजार पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागका अनुसार जनवरीमा ८ हजार ८ सय ७४ र फेब्रुअरीमा ९ हजार १ सय ४६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यीमध्ये भारतीय ८ हजार ७ सय ९१, चिनियाँ २ हजार ५ सय ८५ र अमेरिकी १ हजार ९ सय ९४ जना छन् । सन् २०२० भर भने २ लाख ३० हजार पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । कारोबार दैनिकमा खबर छ ।