सर्वोत्तमका सेयरधनीलाई आईपिओ निष्काशनको वर्ष ३४.६५ प्रतिशत लाभांश

सर्वोत्तम सिमेन्टले आईपिओ निष्काशन गरेको वर्षमा ३४.६५ प्रतिशत लाभांश बितरण गर्ने प्रक्षेपण गरेको छ । कम्पनीको प्रारम्भिक विवरणपत्रमा कम्पनीले आर्थिक वर्ष ७९/८० मा १ अर्ब ६१ करोड रुपैयाँ बराबरको लाभांश बितरण गर्ने उल्लेख गरेको हो ।आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६५ करोड पुग्ने छ । कम्पनीले ३४.६५ प्रतिशतले हुन आउने १ अर्ब ६१ अर्ब १२ करोड २५ लाख रुपैयाँ बराबरको लाभांश बितरण गर्ने प्रक्षेपण गरेको हो । कम्पनीले आर्थिक वर्ष ८०/८१ मा पनि १ अर्ब ६१ अर्ब १२ करोड २५ लाख रुपैयाँ बराबरको लाभांश बितरण गर्ने प्रक्षेपण गरेको छ । कम्पनीको आइपिओ निष्काशन चालु आर्थिक वर्ष ७८/७९ मा नहुने देखिन्छ । कम्पनीले असार १९ गते आइतबार योग्य संस्थागत लगानीकर्तासँग रोड सो कार्यक्रम गर्दै छ । रोड सो कार्यक्रमपछि मूल्य तय गर्ने, नेपाल धितोपत्र बोर्डबाट विवरणपत्र स्वीकृत गराउने, योग्य संस्थागत लगानीकर्तालाई शेयर निष्काशन गर्ने, सर्बसाधारणलाई शेयर निष्काशनको लागि सूचना जारी गर्ने लगायतका कार्यहरु सकेर असार मै शेयर निष्काशन गर्न सम्भव देखिदैन । सोहि कारण कम्पनीको शेयर निष्काशन आर्थिक वर्ष ७९/८० मै हुने छ । र कम्पनीले ७९/८० कै मुनाफाबाट ३४.६५ प्रतिशतले हुन आउने १ अर्ब ६१ अर्ब १२ करोड २५ लाख रुपैयाँ बराबरको लाभांश बितरण गर्ने प्रक्षेपण गरेको हो ।शेयरको प्रति कित्ता मूल्य ६२७ रुपैयाँ ०६ पैसाबिक्रि प्रबन्धक तथा सहायक बिक्रि प्रबन्धकहरुले सर्वोत्तम सिमेन्टको शेयर मूल्य प्रति कित्ता ६२७ रुपैयाँ ०६ पैसा जायज हुने निष्कर्ष निकालेका छन् । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटल र सह बिक्रि प्रबन्धकहरु एनआईबिएल एस क्यापिटल तथा प्रभु क्यापिटलले कम्पनीको भ्यालुएसन मूल्य प्रति कित्ता ६२७ रुपैयाँ ०६ पैसा जायज हुने निष्कर्ष निकालेका हुन् ।बिक्रि प्रबन्धकहरुले गुणात्मक (क्वालीटेटिभ) र मात्रात्मक (क्वान्टिटेटिभ) कारकहरुको विश्लेषण गरेर यो मूल्य तय गरेको जनाएको छ ।गुणात्मक कारक तर्फ १६ वटा कारण पेश गरिएको छ भने मात्रात्मक तर्फ ५ वटा तरिका अपनाएको उल्लेख गरिएको छ । यद्यपि यो नै कम्पनीको आईपिओको अन्तिम मूल्य भने होइन । कम्पनीले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी आधार मूल्य तय गर्ने छ । संगठित संस्थाले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी आधार मूल्य तय गर्नुपर्ने र उक्त आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र २० प्रतिशत घटाउदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी मूल्य सीमा निर्धारण गर्नुपर्ने छ । बोर्डमा धितोपत्र दर्ता भई योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गर्न तयार गरेको धितोपत्रको मूल्य सीमा सहितको विवरणपत्र स्वीकृत भएपश्चात् योग्य संस्थागत लगानीकर्तालाई बोलकबोल मार्फत् धितोपत्र निष्काशन गर्नुपर्ने छ ।कुनै एक योग्य संस्थागत लगानीकर्ताले निष्काशित धितोपत्रको २० प्रतिशतभन्दा बढी धितोपत्रको लागि बोलकबोल प्रस्ताव पेश गर्न नपाइने तथा कबोल गरेको शत प्रतिशत रकम तोकिएको निष्काशन बैंक खातामा जम्मा गर्नुपर्ने वा आवेदकको बैंक खातामा रोक्का राख्नुपर्ने वा गुड फर पेमेन्ट चेक पेश गर्नुपर्ने छ । योग्य संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्र पूर्ण रुपमा बिक्री हुदाँ कायम हुने मूल्य (कट अफ मूल्य) निर्धारण गरी कट अफ मूल्य र सो भन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरुलाई माग बमोजिमको धितोपत्र कट अफ मूल्यमा बाँडफाँड गर्नुपर्ने, कट अफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई माग बमोजिमको धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिक रुपमा बाँडफाँट गर्नुपर्ने तथा बाँडफाँटमा नपरेको रकम बाँडफाँट भएको तीन कार्य दिनभित्र आर्जित व्याजसहित फिर्ता गर्नुपर्ने वा खाता फुकुवा गर्नुपर्ने छ ।सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने छ । कम्पनीले ६० लाख कित्ता आईपिओ निष्काशन गर्ने तयारी गरेको छ । जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइने कम्पनीले जनाएको छ। यो बुक विल्डिङको नियम नै हो । बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी हुनेछ। कम्पनीले असार १९ गते आइतबार योग्य संस्थागत लगानीकर्तासँग रोड सो कार्यक्रम गर्दै छ । निष्काशन तथा विक्री प्रबन्धकको परामर्शमा धितोपत्रको अनुमानित मूल्य तथा मूल्यांकनको आधार र औचित्य समेत खुलाइएको प्रारम्भिक विवरणपत्र तयार गरी योग्य संस्थागत लगानीकर्तासँग छलफल कार्यक्रम (Roadshow) संचालन गर्नु पर्ने ब्यबस्था छ । न्यूनतम १० योग्य संस्थागत लगानीकर्तासँग खरिद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या, खरिद आशय मूल्य तथा मूल्यांकनको आधार सहित प्रारम्भिक विवरणपत्रको सम्बन्धमा सुझाव प्राप्त गर्नुपर्ने छ । हाल योग्य संस्थागत लगानीकर्ताको संख्या १०० पुगिसकेको छ । योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न स्वीकृत संस्थाको पूर्ण सूची हेर्न यहाँ क्लिक गर्नु होला ।

सम्बन्धित सामग्री

घोराहीको १५ प्रतिशत लाभांश

घोराही सिमेन्ट्स इन्डस्ट्रीले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । घोराहीमा सम्पन्न कम्पनीको तेस्रो साधारणसभाले आर्थिक वर्ष ०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित...

सेयरधनीलाई १५ प्रतिशत लाभांश दिँदै घोराही सिमेन्ट

काठमाडौं- घोराही सिमेन्ट्सले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। हालै सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशतका दरले बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो। साधारण सभामा घोराही सिमेन्टले प्रतिकुलताका बाबजुद आर्थिक वर्ष २०७९/८० मा ६ करोड ३१ लाख मुनाफा आर्जन गरेको र आव २०८०/८१ […]

हिमालय सहकारीले १४ प्रतिशत लाभांश बाँड्ने

हिमालय सहकारी संस्था लिमिटेडले सेयरधनीलाई १४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

प्रोग्रेशिभ फाइनान्सको सात प्रतिशत लाभांश

प्रोग्रेशिभ फाइनान्सले सेयरधनीलाई ७ पतिशत लाभांश दिने भएको छ ।फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।८० करोड चुक्ता पुँजी रहेको फाइनान्सको बोनस सेयरपछि चुक्ता पुँजी ८५ करोड ६१ लाख हुने छ । स्थापना भएको २७ वर्षपछि पहिलो पटक सेयरधनीर्लाइ लाभांश […]

निफ्राको साधारणसभा : सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव पारित

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को तेस्रो वार्षिक साधारणसभाले सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजी २० अर्ब रुपैयाँको आठ प्रतिशत बोनस सेयर र कर प्रयोजन निम्ति ०.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित भएको जानकारी दिएको छ । काठमाडौंमा आयोजित साधारणसभा अध्यक्षता बैंक सञ्चालक समिति अध्यक्ष अनुज अग्रवालले गरेका थिए । सो अवसरमा बैंक सञ्चालक समितिका सदस्यहरू केदारनाथ शर्मा, चन्द्रप्रसाद ढकाल, लालमणि जोशी र शंकरप्र

आरएमडीसी लघुवित्तले२५ प्रतिशत लाभांश दिने

आरएमडीसी लघुवित्तले लाभांश घोषणा गरेको छ । लघुवित्तको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७-०७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमध्ये २० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागिसमेत गरी ५ प्रतिशत नगद लाभांश वितरण […]

एनसीसी बैंकको ८.४२ प्रतिशत लाभांश प्रस्ताव

एनसीसी बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷०७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमध्ये ८ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने […]

इन्फिनिटी लघुवित्तले २९.१५ प्रतिशत लाभांश दिने

इन्फिनिटी लघुवित्तले लाभांश घोषणा गरेको छ कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको २७.७० प्रतिशत बोनस सेयर र बोसन सेयरमा लाग्ने कर प्रयोजनका लागि १.४६ प्रतिशत नगद गरी २९.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको […]

सानिमा बैङ्कले सेयरधनीलाई १७.८९ प्रतिशत लाभांश दिने

सानिमा बैङ्कले आफ्ना सेयरधनीलाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बुधबार बसेको बैङ्कको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कको स्वीकृति र बैङ्कको आगामी साधारणसभाले पारित गरेपछि सेयर धनीहरूले पाउनेछन् । गत आवको असार मसान्तसम्म बैङ्कले १ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको थियो । हाल बैङ्कको चुक्तापुँजी ९ अर्ब ६

साधना लघुवित्तले सेयरधनीलाई २६.३२% लाभांश दिने

साधना लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई २६.३२ प्रतिशत लाभांश घोषणा गरेको हो ।जसमध्ये २५ प्रतिशत अर्थात् ५ करोड ४२ लाख ४५ हजार १ सय रुपैयाँ बराबरको बोनस सेयर तथा १.३२ प्रतिशत अर्थात् ३३ लाख ८१ हजार ३२१ रुपैयाँ ०५ पैसा नगद लाभांश दिने घोषणा गरेको हो […]