बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले जनताका लागि गरेको खर्च फजुल नहुने बताएका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा एमालेले उठाएका मागहरुको विषयमा जवाफ दिँदै उनले भने, ‘मन्त्रालय विभाजन गरेर गल्ती गरेको ठहरिए सजाय भोगौँला तर काम गर्ने प्रयास त गर्नु पर्यो नि । गल्ति भए महशुस पनि गर्न जानेका छौं । सरकारले फजुल खर्च ग¥यो भन्ने हल्ला छ । सरकार खर्च गर्न बनेको हो । जनताको पक्षमा काम गर्न गरेको खर्च पनि फजुल हुन्छ कहीँ ? जनतालाई सेवा दिने काममा सरकारले खर्च गरेको हो दुरु