महालेखा परीक्षकको कार्यालयले प्रदेश १ सरकारले काठमाडौँमा सम्पर्क कार्यालय स्थापना गरी फजुल खर्च गरेको ठहर गरेको छ ।महालेखापरीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदनमा प्रदेश सरकारले कानुनी व्यवस्था र नीतिगत निर्णय विपरीत काठमाडौँमा समेत सम्पर्क कार्यालय स्थापना गरी फजुल खर्च बढाएको औंल्याएको हो ।प्रतिवेदनको १८२ पेजमा प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रादेशिक राजधानी विराटनगरमा स्थापना भई सञ्चालन भएको अबस्थामा सो कार्यालयले काठमाडौँमा सम्पर्क