काँग्रेस अधिवेशन : अर्घाखाँचीमा देउवा पक्ष पराजित

नेपाली काँग्रेसको पालिका अधिवेशनअन्तर्गत अर्घाखाँचीमा देउवा पक्ष पराजित भएको छ । जिल्लाका ६ वटा पालिकामध्ये ५ वटा पालिकामा सम्पन्न अधिवेशनमा ५ वटैमा  देउवा पक्षका उम्मेदवार पराजित भएका हुन् ।पालिकाका नवनिर्वाचित सभापतिमध्ये चार वटा पालिकामा रामचन्द्र पौडेल पक्षको प्यानल विजयी भएका छन् भने पाणेनी  गाउँपालिकाको सभापतिमा निर्विरोध निर्वाचित तुल्सी पौड्यालले भने आफू कुनै पनि समूहमा नभएको प्रतिक्रिया जनाएका छन् ।अधिवेशन सम्पन्न भएका ५ पालिकामध्ये सन्धिखर्क नगरपालिका र भूमिकास्थान नगरपालिकाम