नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आगामी निर्वाचनमा दल बीचको गठबन्धन देशको अहिलेको आवश्यकता भएको बताएका छन् । नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आज यहाँ आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले कांग्रेस गठबन्धन गरेर निर्वाचनमा जाने भएको र यो जरुरी पनि रहेको स्पष्ट पारे । नेता डा.कोइरालाले आगामी सङ्घीय निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धन दलसँग कम्तीमा पनि एक सय सिटमा सहमति गर्नुपर्ने पनि बताए ।उनले नेकाले विसं २०७४ को निर्वाचनमा सङ्घीय संसद् र प्रदेशसभामा विजयी भएका स्थान आफूल