काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन मुलुकको वर्तमान आवश्यकता भएको बताएका छन्।सामाखुसी यातायात प्रालिले आज यहाँ आयोजना गरेको ‘नयाँ वर्ष २०७९ सालको शुभकामना आदानप्रदान, क्यालेन्डर विमोचन एवम् प्रजातान्त्रिक यातायात व्यवसायीलाई सम्मान’ कार्यक्रममा उहाँले संविधान रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताएका हुन्। “वैशाख ३० गते देशभर स्थानीय तहको निर्वाचन हुँदैछ, कार्यकर्ताको मन उच्च हुनेगरी गठबन्धन हुन्छ”, उनले भने। निर्वाचन केन्द्रित भएर लाग्न नेता सिंहले