चाडबाडलाई लक्ष्य गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत पसल सुरु गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बिहीबार उक्त पसलको उद्घाटन गरे । सहुलियत पसलबाट सर्वसाधारणले धेरै राहत महसुस गर्ने उनले बताए । छुट पसल सञ्चालनका क्रममा कुनै समस्या भए मन्त्रालयमा अवगत गराउन पनि उनले भने ।