भारतले लद्दाखमा भएको झडपपछि चीनसँग चिसिएको सम्बन्धलाई सुधार्ने प्रयास गरेको छ ।
नयाँ दिल्लीले चीनसँगको सम्बन्ध पुनः सुमधुर तुल्याउने चाहना व्यक्त गरेको हो ।
भारतीय विदेशमन्त्री सुव्रमण्यम जयशङ्करले आफ्नो चारवर्षे कार्यकाल पूरा गरेर बेइजिङ फर्कन लागेका चिनियाँ राजदूत सुन वेइडोङसँगको बिदाइ भेटपछि सामाजिक सञ्जालमा चीनलाई चिढ्याउने साउथ ब्लकको चाहना नभएको आशय सार्वजनिक रुपमा व्यक्त गर्नुभएको छ ।
चीन–भारत सीमा क्षेत्रमा शान्ति कायम गर्न तथा शान्तिपूर्ण द्विपक्षीय सम्बन्धलाई कायम राख्न अपरिहार्य रहेको र यसले दुई देश मात्र ...