मुद्दा फिर्ता लिएर कर तिर्ने व्यवस्था पुस मसान्तसम्म लागू हुने

काठमाडौं । सरकारले निर्धारण गरेको करमा असन्तुष्टि जनाउँदै दायर गरिएको मुद्दा फिर्ता लिएर कर तिर्न चाहेमा त्यस्ता करदाताले थप १ महीना समय पाउने भएका छन् । विभिन्न कर कार्यालयबाट निर्धारित कर रकममा चित्त नबुझेर प्रशासकीय पुनरवलोकनका लागि निवेदन दिएका र अदालत तथा राजस्व न्यायाधिकरणमा मुद्दा दर्ता गराएका करदाताले मुद्दा फिर्ता लिन पुस मसान्तसम्मको समय पाउने भएका हुन् । करदाताले पुस मसान्सम्ममा मुद्दा तथा निवेदन फिर्ता लिएमा ब्याज, शुल्क, थप रकम र जरीवाना छूट पाउने छन् । आर्थिक ऐन २०७८ मार्फत सरकारले मङ्सिर मसान्तसम्मका लागि यस्तो व्यवस्था कायम गरेको थियो । आर्थिक ऐन २०७८ को दफा २० बमोजिम प्रशासकीय पुनरवलोकन वा पुनरावेदनमा विचाराधीन रहेका मुद्दा सम्बद्ध करदाताले फिर्ता लिई २०७८ मङ्सिर मसान्तभित्र कर तिरेमा त्यसमा लाग्ने शुल्क, थप दस्तुर तथा जरीवाना मिनाहा हुने व्यवस्था छ । मङ्सिर मसान्तसम्म दिइएको उक्त अवधि बढाएर पुसमसान्त पुर्‍याइएको हो । ‘थप दस्तुर तथा जरीवाना मिनाहा हुनेसम्बन्धी विशेष व्यवस्थाको कार्यान्वयन गर्न कतिपय स्थानमा राजस्व न्यायाधिकरणको अध्यक्ष नतोकिएका कारणबाट बाधा परेकाले उक्त सुविधा उपयोग गर्न पाउने अवधि १ महीना थप गरी २०७८ पुस मसान्तसम्म पु¥याइएको हो,’ मङ्सिर २९ गते प्रकाशित राजपत्रमा उल्लेख छ । आन्तरिक राजस्व विभागका अनुसार हालसम्म प्रशासकीय पुनरवलोकनका लागि १ हजार २ सय ५ ओटा निवेदन दर्ता भएका छन् । विभागका सूचना अधिकारी राजुप्रसाद प्याकुरेलका अनुसार आर्थिक ऐनमा यस्तो व्यवस्था राखेपछि हालसम्म ९४ जनाले निवेदन फिर्ता लिएका छन् । तर, राजस्व न्यायाधिकरण र अदालतहरूमा विचाराधीन मुद्दाको संख्या कति छ भन्ने हालसम्म यकिन छैन । यसबारे अर्थमन्त्री जनार्दन शर्माले चासो राख्दै आएका छन् । उनले कर विवादको अवस्थाबारे विवरण सार्वजनिक गर्न राजस्वका अधिकारीहरूलाई केही दिनअघि निर्देशनसमेत दिएका थिए । आन्तरिक राजस्व र राजस्व अनुसन्धान विभागले भएका कर विवाद सार्वजनिक गर्नुपर्ने उनको धारणा थियो । चालू आर्थिक वर्षको बजेट वक्तव्यमा ‘आयकर ऐन २०५८, मूल्य अभिवृद्धि कर ऐन २०५२ र अन्तःशुल्क ऐन २०५८ बमोजिम २०७७ साल असार मसान्तभित्र भएको कर निर्धारणउपर चित्त नबुझे आन्तरिक राजस्व विभाग वा राजस्व न्यायाधिकरण वा अदालतमा विचाराधीन मुद्दामध्ये झूटा तथा नक्कली बीजकबाहेकका मुद्दा सम्बद्ध करदाताले फिर्ता लिई निर्धारित कर र त्यसमा लागेको ब्याजको ५० प्रतिशत रकम २०७८ मङ्सिर मसान्तसम्म बुझाएमा बाँकी ब्याज, शुल्क, थप दस्तुर र जरीवाना मिनाहा हुने’ उल्लेख छ । त्यस्तै २०७६ असार मसान्तसम्मको बक्यौता रकम पुस मसान्तभित्र बुझाएमा शुल्क, जरीवाना तथा थप दस्तुर मिनाहा हुने व्यवस्था पनि बजेटमा राखिएको छ ।

सम्बन्धित सामग्री

कस्तो मुद्दा फिर्ता लिन मिल्दैन? (भिडियो)

काठमाडौँ – कानुनमा उल्लेख भएका कस्ता मुद्दा फिर्ता लिन मिल्दैन भन्नेबारे तपाईं जानकार हुनुहुन्छ? कानुनले कतिपय मुद्दाहरु सामान्यतया फिर्ता लिन मिल्ने र केही मुद्दा फिर्ता लिन नमिल्ने भनेको छ। हाम्रो कानुनले उल्लेख गरेका कस्ता–कस्ता किसिमका मुद्दा सामान्यतया फिर्ता लिन मिल्छ र कस्ता मुद्दा फिर्ता लिन मिल्दैन भन्नेबारे अधिवक्ता सञ्जय न्यौपानेसँग कुराकानी गरेर तयार पारिएको संवादको […]

मुद्दा फिर्ता लिँंदा ‘काखापाखा’

‘विक हत्याका आरोपी देवेन्द्र यादवसहित केहीको मुद्दा फिर्ता भएको छ। मन्त्री, सांसद र मेयरसहित बाँकीको मुद्दा फिर्ता भएको छैन। गौर घटनाका आरोपी बबन सिंहको मुद्दा फिर्ता लिइएको छ,’ जसपा नेता मनीषकुमार सुमनले भने, ‘हामीले सरकारलाई झुटा मुद्दा सबै फिर्ता लिन भ...

मुद्दा फिर्ता लिँंदा ‘काखापाखा’

‘विक हत्याका आरोपी देवेन्द्र यादवसहित केहीको मुद्दा फिर्ता भएको छ। मन्त्री, सांसद र मेयरसहित बाँकीको मुद्दा फिर्ता भएको छैन। गौर घटनाका आरोपी बबन सिंहको मुद्दा फिर्ता लिइएको छ,’ जसपा नेता मनीषकुमार सुमनले भने, ‘हामीले सरकारलाई झुटा मुद्दा सबै फिर्ता लिन भ...

जसपाका कार्यकर्ताको मुद्दा फिर्ता

सरकारले जनता समाजवादी पार्टीका कार्यकर्तामाथि लगाएको मुद्दा फिर्ता लिएको छ । मन्त्रीपरिषद् बैठकले गरेका निर्णयहरु जानकारी दिन बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मधेस आन्दोलनका क्रमका विभिन्न १५ वटा मुद्दामा संलग्न १ सय २० जनाको मुद्दा फिर्ता लिने निर्णय सरकारले गरेको जानकारी दिएका […]

यी हुन् सरकारले मुद्दा फिर्ता लिएका जसपाका १२० नेता/कार्यकर्ता [सूची]

सरकारले मधेश आन्दोलनका क्रममा लागेका १२० जनाको मुद्दा फिर्ता गरेको छ ।  सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बुधवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी मुद्दा फिर्ता भएको जानकारी गराएका हुन् ।  ‘नेपाल सरकार बादी भई १ सय २० जना प्रतिवादी रहेका १५ वटा मुद्दा फिर्ता भएको छ । कानून र संविधान बमोजिम फिर्ता लिन मिल्नेलाई निरन्तर लिँदै जाने छ,’ गुरुङले भने ।  जनता समाजवादी पार्टी जसपाको माग अनुसार सरकारले मधेश आन्दोलनका क्रममा लागेका व्यक्तिहरूको मुद्दा फिर्ता ग...

सरकारद्वारा मधेस आन्दोलनका १२० जनाको मुद्दा फिर्ता (नामावलीसहित)

काठमाडाैं : सरकारले १२० जना प्रतिवादी भएका १५ वटा मुद्दा फिर्ता लिने निर्णय गरेको छ। आज मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए।यी हुन् मुद्दा फिर्ता लिइएका १२० जना

सरकारले गर्‍यो मधेस आन्दोलनका १२० व्यक्तिको मुद्दा फिर्ता

काठमाडौं। नेपाल सरकारले मधेस आन्दोलनसँग जोडिएका १२० जनाको मुद्दा फिर्ता लिएको छ। सरकारका प्रवक्ता पार्वत गुरुङले मधेस आन्दोलनकाक्रममा सरकारवादी भइ मुद्दा चलाइएको १५ वटा मुद्दामा संलग्न १२० जनाको मुद्दा फिर्ता लिएको बताए। विप्लव समूहको मुद्दाबारे प्रवक्त गुरुङले फिर्ता लिने क्रम जारी रहको बताए। मुद्दा फिर्ता सम्बन्धी निर्देशिका, कानुन र संविधानको आधारमा यी मुद्दा फिर्ता लिने निर्णय भएको गुरुङले बताए।

मधेश आन्दोलनसँग सम्बन्धित १२० जनाको मुद्दा फिर्ता लिने सरकारको निर्णय

सरकारले मधेश आन्दोलनका क्रममा लागेका १२० जनाको मुद्दा फिर्ता गरेको छ ।  सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बुधवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी मुद्दा फिर्ता भएको जानकारी गराएका हुन् ।  ‘नेपाल सरकार बादी भई १ सय २० जना प्रतिवादी रहेका १५ वटा मुद्दा फिर्ता भएको छ । कानून र संविधान बमोजिम फिर्ता लिन मिल्नेलाई निरन्तर लिँदै जाने छ,’ गुरुङले भने ।  जनता समाजवादी पार्टी जसपाको माग अनुसार सरकारले मधेश आन्दोलनका क्रममा लागेका व्यक्तिहरूको मुद्दा फिर्ता ग...

१२० जनाको मुद्दा फिर्ता लिने सरकारको निर्णय (सूचीसहित)

१५ वैशाख, काठमाडौं । सरकारले जनता समाजवादी पार्टी (जसपा)ले माग सम्बोधन गर्दै १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले मुद्दा फिर्ता लिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए । नेपाल सरकार वादी भई चलाएको फौजदारी मुद्दाहरु फिर्ता लिनेसम्बन्धी निर्देशिका २०७७ बमोजिम मुद्दा फिर्ता लिइएको भन्दै उनले […]

यी हुन् मुद्दा फिर्ता भएका १२० जना (सूचीसहित)

काठमाडौं । सरकारले नेपाल सरकार बादी रहेका १५ वटा मुद्दामा एक सय २० जनाको मुद्दा फिर्ता लिएको छ । सुचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले बुधबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै नेपाल सरकार वादी रहेका १५ मुद्दामा १२० जनाको मुद्दा फिर्ता लिएको जानकारी गराएका हुन् । उनले त्यस्तै मुद्दामा भए निरन्तर फिर्ता लिँदै जाने समेत जनाएका छन् ।जनता समाजवादी पार्टीले मधेस र थारुहट आन्दोलनका क्रममा आफ्ना नेता कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिन माग गर्दै आएको थियो । सोही अनुसार सरकारले मुद्दा फिर