काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको मूल्यवृद्धि नियमित र प्रक्रियागत भएको टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा यस्तो टिप्पणी गरेका हुन्।
जेठ ७ गते प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको आइतबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा जवाफ दिएका थिए।