पश्चिम नवलपरासीको रामग्राममा मापदण्डविपरीत सञ्चालन भएको भन्दै दुई वटा औषधि पसलमा प्रशासनले सिल गरेको छ । रामग्राम नगरपालिका, घरेलु तथा साना उद्योग र जिल्लास्थित अनुगमन समितिले संयुक्तरुपमा अनुगमन गरेको हो । अनुगमनका क्रममा रामग्राम-१८ मा रहेको प्रवेश उपचार केन्द्र सदरमुकाम परासीको सन मेडीको नाम गरेको औषधि पसल सिल गरिएको जिल्ला अनुगमन समिति संयोजक सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले बताए ।