गुरुङ समुदायको मुख्य पर्व तमू ल्होसार (पुस १५) का दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरिएको छ । गुरुङहरूको धार्मिक सामाजिक संस्था तमू प्येल्हू सङ्घद्वारा चितवनमा आयोजित शुभकामना तथा अन्तक्र्रिया कार्यक्रममा सहभागी गुरुङहरूले उक्त पर्वमा सार्वजिनक बिदा दिन माग गरेका हुन् । सङ्घका जिल्लाअध्यक्ष लालप्रसाद गुरुङले राज्यले तमू ल्होसारलगायत जनजातिका पर्वको बिदा कटौती गरेर धर्म संस्कार र संस्कृतिप्रति बेवास्था गरेको आरोप लगाए । बागमती प्रदेशका भौतिक पूर्वाधार वि