कोरोना संक्रमणबीच अक्षयकुमार अभिनित ‘सूर्यवंशी’ले भारतको बक्स अफिसमा ६ दिनमै सय करोड व्यापार गरेको छ । बलिउड सिनेमाले डेढ वर्षदेखि राम्रो व्यापार गर्न सकेको थिएन ।
वितरकका अनुसार यसअघि सन् २०२० जनवरीमा रिलिज अजय देवगनको फिल्म ‘तान्हाजी’ले सय करोड व्यापार गरेको थियो । लगत्तै कोरोना लहर सुरु भएपछि कुनै पनि फिल्मले यसरी व्यापार गर्न सकेको थिएन ।
भारतका कतिपय राज्यमा अझै ५० प्रतिशत सिटमा मात्र दर्शक राख्न दिइएको छ । यस्तो अवस्थामा ‘सूर्यवंशी’ले सय करोड व्यापार गर्नुलाई सफल मानिएको ...