ठेकेदारले बेलामा काम नसक्दा धुलिखेल-खावा सडकमा यात्रुलाई सास्ती (भिडिओ)

काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडक दैनिकजसो अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ । अरनिको राजमार्गअन्तर्गतको धुलिखेल-खावा चार किलोमिटर सडकखण्डको विस्तार र स्तरोन्नतीको काम समयमै सम्पन्न नहुदाँ हिलोका कारण सडक दैनिकजसो अवरुद्ध हुने गरेको छ । हिउँदमा धुलाम्मे र वर्षामा सडक हिलाम्मे हुदाँ यात्रुहरूले कष्टकर यात्रा गर्न बाध्य छन् । धुलिखेल-खावा चार किलोमिटर सडकखण्डको […]

सम्बन्धित सामग्री

समयमै सडक निर्माण नगर्दा यात्रुलाई सास्ती

पछिल्लो समय ठेकेदारले समयमै सडक निर्माण पूरा नगर्दा यात्रुहरूले सास्ती बेहोर्नु परेको छ । झापाको बिर्तामोड–भद्रपुर सडक खण्डअन्तर्गत बिर्तामोडको धौला पुलदेखि गरामनी बजारसम्मको सडक क्षेत्रमा ठेकेदारले बेलैमा काम नगरेर बर्खा सुरु हुनै लाग्दा सडक निर्माणको काम थालेपछि सडक हिलाम्मे भएर यात्रुले सास्ती बेहोर्नु परेको हो । बिर्तामोडको धौला पुलदेखि गरामनी बजारसम्मको सडक क्षेत्रमा हिउँदमा धुलो […]

राप्ती राजमार्ग : धुलोधुवाँले सास्ती

सल्यान : तीन जिल्लाको मुख्य सडकको रूपमा रहेको राप्ती राजमार्ग स्तरोन्नतिका लागि सरकारले अर्बौं बजेट विनियोजन गर्दै आए पनि सुधार हुन सकेको छैन। सडक चौडा बनाउँदै स्तरोन्नति गर्न वर्षेनि करोडौँ रुपैयाँ खर्च भए पनि सडक दिनप्रतिदिन जीर्ण बन्दै गएको छ।यस वर्षमात्र सल्यानको चोरखोलादेखि रुकुमको खौलासम्म ४० करोड बजेटमा १८ वटा ठेक्का लागेका छन्‚ अधिकांश ठेक्का अलपत्र अवस्थामा छन् भने ५ वटा ठेकेदारले मात्र काम गरिरहेका छन्।ठूल्ठूला खाल्डाखुल्डी त कतै धुलो र हिलोले यात्रुलाई हैरान मात्र

बसपार्क नहुँदा हजारौँ बस सडकमै अलपत्र, ठेकेदारको ‘रोयल्टी’मा महानगर मख्ख

पूरानो बसपार्कमा सपिङ कम्प्लेक्ससहितको टावर बन्ने भएपछि अहिले बसपार्कको वैकल्पिक व्यवस्था गरिएको छ । तर, यत्रतत्र छरिएका अपायक स्थानका बसपार्कका कारण यात्रुलाई सास्ती छ । मध्यम दूरीमा भल्ने सवारीसाधनलाई अस्थायी बसपार्कको व्यवस्था मिलाइएको छ भने काठमाडौँ उपत्यकाभित्र चल्ने सवारीलाई यात्रु चढाउने र ओराल्ने मात्रै व्यवस्था छ ।खुलामञ्चमा ६ वर्षसम्म चलेको अस्थायी बसपार्क महानगरले गत वैशाखमा हटाएपछि अहिले सवारी साधनले बसपार्क पाएका छैनन् । भक्तपूरको सल्लाघारीस्थित खाली ठाउँलाई अस्थायी बसपार्क बनाउन सकिने भन्दै काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी नेतृत्वको कार्यदलले सुझाव दिएपछि मध्यपूरथिमी नगरपालिकाले आपत्ति जनाएपछि उक्त प्रक्रिया नै अगाडी बढ्न सकेको छैन ।ठेकेदारले तिर्ने ‘रोयल्टी’मै खुशी महानगर२०७३ मा बहुतल्ले सपिङ कम्प्लेक्ससहितको बस टर्मिनलका लागि ‘काठमाडौं टावर परियोजना’ बनाउन पुरानो बसपार्क खाली गरियो । २०७८ साउनमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ बनाउन थालिएको भ्यू टावरको काम बल्ल ७० प्रतिशत सकिएको छ ।समयमै काम नसक्दा पनि ठेकेदारले बुझाउने रोयल्टी वापतको रकम पाईरहेको भन्दै महानगर समयमै काम सक्न दबाब दिने ‘मुड’मा देखिँदैन । ठेकेदार कम्पनीले हालसम्म ७ करोड ७७ लाख ५३ हजार ३३२ रुपैयाँ महानगरलाई बुझाएको छ । ‘हरेक आर्थिक वर्षको पहिलो महिना (साउन) मा ठेकेदारले रोयल्टी बुझाउनुपर्ने सम्झौता थियो, उहाँहरुले सम्झौता अनुसार रोयल्टी बुझाईरहनु भएको छ’ महानगर स्रोत भन्छ, ‘समयमै निर्माण सम्पन्न भईदिए त राम्रो हुन्थ्यो, तर निर्माण नसकिएपनि हामीले पाउने रोयल्टी रोकिएको छैन, पाउँदै आएका छौँ ।’यद्यपी, महानगरको यातायात समितिका अध्यक्ष धर्म रिमाल भने समस्या रहेको स्वीकार गर्छन् । काठमाडौँ महानगरभित्र चल्ने ८६ कम्पनीका ८ हजार बढी सवारीसाधनले बसपार्क नपाएको उनको भनाई छ । स्वतन्त्र इन्जिनियर नियुक्त गर्न विद्या सुन्दर असफल सार्वजनिक निजी साझेदारीअन्तर्गत ११ हजार ८९० वर्ग मिटरमा टावर बन्दैछ । अण्डरग्राउण्ड २ तल्लासहित १४ तल्लाको उक्त टावर निर्माणको काम जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले गरिरहेको छ ।साढे ३ अर्ब लागतमा बन्दै गरेको टावर महानगरले कम्पनीलाई ३० वर्षका लागि ‘लिज’मा दिएको हो । ५ वर्षमा निर्माण सम्पन्न गर्ने र २५ वर्ष कम्पनीले चलाएर महानगरलाई हस्तान्तरण गर्ने सम्झौता छ । सम्झौताअनुसार २०७३ साउन मसान्तदेखि ५ वर्षभित्र टावर बनिसक्नुपर्थ्यो । सम्झौतामा महानगरले स्वतन्त्र इन्जिनियर र प्राविधिक समिति खटाएर अनुगमन गर्न सक्ने उल्लेख गरिएपनि काठमाडौँका मेयर विद्यासुन्दर शाक्यले हालसम्म स्वतन्त्र इन्जिनियर नियुक्त गर्न सकेका छैनन् ।