काठमाण्डाै – अमेरिकी अन्तरिक्ष निकाय (नासा) ले सन् २०१६ को सेप्टेम्बरमा पठाएको अन्तरिक्ष यान एउटा छुद्रग्रहबाट नमुना लिएर पृथ्वीतर्फ फर्किएको छ । ओसिरिस–रेक्स मिसन नामको अन्तरिक्ष यान पर्सि आइतवार पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने नासालाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।
यान अमेरिकाको उटाह राज्यको पश्चिमी मरुभूमिमा अवतरण हुने छ । आइतवार स्थानीय समयअनुसार ६ बजेर ४२ मिनेटमा अवतरण हुने नासाको अनुमान छ । अवतरण सफल भएमा यो नासाको विशेष सफलता हुने छ । यानको क्याप्सुलमा 'बेन्नु' नामको क्षुद्रग्रहबाट सङ्क...