संसारमा हृदयाघात र स्ट्रोकबाट ज्यान गुमाउने तथा पीडित हुने क्रम जारी छ । ९० प्रतिशतभन्दा बढीलाई हुने यस्ता मुटु तथा रक्तसञ्चारसम्बन्धी (कार्डियोभास्कुलर) रोग गलत जीवनशैलीको उपज हो । पोषणयुक्त खाना धेरै रोगका लागि मेडिकल औषधिको उपचारभन्दा बढी प्रभावकारी छ । वास्ताविकता के हो भने धेरै मानिस सागसब्जी तथा तरकारी चाहिनेभन्दा कम खान्छन्, प्रशोधित र जनावरबाट पाइने खाना मासु, दूध र परिकार, मदिरा चाहिनेभन्दा बढी खान्छन् । हृदयाघात के हो ?कोरोनरी आर्टरीहरूको काम रगत र अक्सिजन मुटुको मांसपेशीलाई