चीनको सिनोभाकले निर्माण गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन अनुमान गरेको भन्दा कम प्रभावकारी भएको ब्राजिलियन अधिकारीहरुले बताएका छन्।
ब्राजिलमा भएको सिनोभाक भ्याक्सिनको क्लिनिकल ट्रायलको अनुसन्धानका क्रममा उक्त भ्याक्सिन ५०. ४ प्रतिशत प्रभावकारी भएको दाबी गरिएको छ।
पहिला दाबी गरिएको भन्दा भ्याक्सिन कम प्रभावकारी देखिएको हो। भ्याक्सिनले स्वीकृति पाउन कम्तीमा ५० प्रतिशत प्रभावकारी हुनपर्ने…