तनहुँ-१ अपडेट : करिब २० हजार मतगणना सकियो

तनहुँ – उपनिर्वाचनअन्तर्गत तनहुँ १ मा हालसम्म १९ हजार ७९९ मतगणना भएको छ। त्यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले १० हजार ५३७ मत पाएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५ हजार ३३६ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ३ हजार २९१ मतका साथ भट्टराईलाई पछ्याइरहेका […]

सम्बन्धित सामग्री

तनहुँ १ मा स्वर्णिम जितका ८ परिदृश्य

अंकगणितले जित निश्चित भएपछि राष्ट्रपतीय चुनावअघि नै तनहुँ १ को चुनावमा कसलाई उठाउने भन्ने कसरत सुरु भइसकेको थियो र त्यसको केन्द्रमा थियो कांग्रेस । विगतको जितको आँकडा अनि गठबन्धनको निरन्तरताका आधारमा जित करिब निश्चित ठानेको …

उपनिर्वाचन : तनहुँ-१ मा रास्वपाका वाग्ले भारी मतान्तरसहित विजयी

काठमाडाैं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी हुनुभएकाे छ । निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले भन्दा करिब १५ हजार बढी मत ल्याएर उहाँ विजयी हुनुभएकाे हाे । वाग्लेले ३४ हजार ९१८ मत ल्याउँदा भट्टराईले २० हजार १२२ मत प्राप्त गर्नुभएकाे हाे । तेस्रो […]

तनहुँ-१ : अग्रता बढाउँदै रास्वपाका स्वर्णिम वाग्ले

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता लिएका छन् । निर्वाचन आयोगका अनुसार करिब ७ हजार ५ सय मत गन्दा वाग्ले निकटम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा दोब्बरभन्दा बढी मतले अगाडि रहेका छन् ।

उपनिर्वाचन : तनहुँ-१ मा ५ हजार मत गन्दा रास्वपाका वाग्ले दोब्बर मतले अगाडि

काठमाडौंं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायम गर्नु भएकाे छ । निर्वाचन आयोगका अनुसार करिब ५ हजार मत गन्दा वाग्ले निकटम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा दोब्बर मतले अगाडि रहनु भएकाे छ । पछिल्लो मतपरिणाम अनुसार वाग्लेले २७६५ मत प्राप्त गर्नुभएकाे छ । यस्तै नेपाली कांग्रेसका उम्मेदवार […]

तनहुँ-१ : ५ हजार मत गन्दा रास्वपाका वाग्ले दोब्बर मतले अगाडि

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता लिएका छन् । निर्वाचन आयोगका अनुसार करिब ५ हजार मत गन्दा वाग्ले निकटम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा दोब्बर मतले अगाडि रहेका छन् ।

चितवनमा काँग्रसले रोक्यो मत गणना, तनहुँमा मतपेटीका संकलनमै समस्या बारामा भोली

काठमाडौं । तीन जिल्लाका तीन निर्वाचन क्षेत्रमा शान्तिपूर्ण निर्वाचन सकिए पनि मत गणना भने शुरू हुन सकेन । चितवन -२ मा नेपाली काँग्रेसले गणना हुन दिएको छैन । तनहुँ -१  मा दुर्गम स्थानको मत पेटिका संकलनमै समस्या भएको छ । भने बारा- २ मा भोली मात्रै सर्वदलिय वैठक बसेर मत गणना गरिने निर्वाचन आयोगले जनाएको छ । चितवनमा नेपाली कांग्रेस, चितवनले  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने र चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलबारे उजुरी बारे निर्णय नभएसम्म मतगणना गर्न नदिने बताए पछि गणना रोकिएको हो । मतदानका दिन रास्वपा सभापति लामिछानेले आचार उल्लंघन गरेको र प्रजिअ पौडेलले सहयोग गरेको भन्ने कांग्रेसले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ । चितवनमा भोली बिहान ८ बजे सर्वदलीय बैठक बस्ने भएको छ । आज बस्ने भनिएको सर्वदलीय बैठकमा सिडिओ र जिल्लाका प्रहरी प्रमुख नआएपछि दलका प्रतिनिधिहरु मतगणनास्थलबाट बाहिरिएका थिए । बारा–२ को मतगणना सोमबार मात्रै गर्ने तयारी भएको छ । आइतबार सम्पन्न उपनिर्वाचनको मतपेटिका संकलन सकिएको पनि भोलिमात्रै सर्वदलीय बैठक बसेर गणना सुरु गर्ने तयारी भएको छ ।  बारा २ को  मतगणना शिक्षा तालिम केन्द्र, कलैयामा हुनेछ । बारामा करिब  ६३ प्रतिशत मतदान भएको छ । तनहुँ -१  मा दुर्गम स्थानको मत पेटिका संकलनमै समस्या भएको छ । निर्वाचन कार्यालयले मतपेटिका गन्न सोमबार बिहानबाट मात्र हुनसक्ने सम्भावना रहेको जनाएको छ । भौगोलिक अवस्था जटिल भएकाले मतपेटिका संकलन हुन समय लागेकाले भोली मात्रै मत गणना शुरू हुनेछ ।

उपनिर्वाचनमा ६० प्रतिशत मतदान : निर्वाचन आयोग

१० वैशाख, काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचनमा करिब ६० प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार बारा–२, चितवन–२ र तनहुँ–१ मा गरी समग्रमा ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरण आएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । आयोगका अनुसार बारा–२ मा ६४ प्रतिशत, चितवन–२ मा ६३ प्रतिशत र तनहुँ–१ मा ५३ प्रतिशत मतदान भएको […]

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार

आज दिनभर तनहुँ १ उपनिर्वाचनका लागि ठूला दलले टुङ्ग्याए उम्मेदवार, रवि लामिछानेमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्चमा रिट, मार्च महिनामा करिब एक लाख विदेशी पर्यटक भित्रिए, कोशी नामाकरणविरुद्ध जारी पहिचानवादी आन्दोलनलाई जसपाको समर्थन,फेसबुकमार्फत् महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउलगायत समाचारले प्रमुख स्थान पाए । यी हुन् आज दिनभरका मुख्य समाचारहरू : तनहुँ– १ […]

बारा–४ बाट किसान श्रेष्ठ निर्वाचित

बारा निर्वाचन क्षेत्र ४ बाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार किसान श्रेष्ठ विजयी भएका छन् । नेकपा एकीकृत समाजवादीका श्रेष्ठ करिब १० हजार मतान्तरले विजयी भएका हुन् ।२०७४ को निर्वाचनमा तनहुँ–१ बाट निर्वाचित श्रेष्ठ यस पटक बारा–४ बाट उम्मेदवार बनेका हुन् । श्रेष्ठले २९ हजार ५०५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार एकवाल मियाँले १९ हजार ४३९ मत प्राप्त गरे ।

जोशीद्वारा तनहुँ- १ बाट उम्मेदवारी दर्ता

तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि पूर्वगृहमन्त्री गोविन्दराज जोशीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । आइतबार करिब साढे ११ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर जोशीले उम्मेदवारी दर्ता गराएका हुन् । जोशीको प्रस्तावकमा रामदेव पन्थ र समर्थकमा कृष्णप्रसाद सोती छन् ।