गृहमन्त्री बालकृष्ण खाँणले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकार बन्ने प्रक्रियालाई आफूले सहजतापूर्वक लिएको प्रतिक्रिया दिएका छन् । सोमबार मन्त्रालयमा आयोजित आफ्नो बिदाइ भेटमा बोल्दै काँग्रेस नेता समेत रहेका गृहमन्त्री खाँणले नयाँ सरकार गठन प्रक्रियालाई देशले पनि सहजतापूर्वक लिनुपर्ने बताए । उनले नवनिर्वाचित प्रधानमन्त्री दाहाललाई आफूले फोनमार्फत् बधाई तथा शुभकामना दिएको उल्लेख गर्दै दाहाल नेतृत्वको सरकारलाई सबैले सहयोग गर्नुपर्ने पनि स्पष्ट पारे । मन्त्री खाँणले सरकार भनेको सरका