सरकारले बजेट फिर्ता लिनुपर्छ : महेश बर्तौला

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेश बर्ताैलाले संसदमा पेश गरिएको आगामी आर्थिक वर्षको बजेट फिर्ता लिन सरकारलाई दबाव दिएका छन्।सत्तारुढ दलहरु स्वयं सन्तुष्ट नरहेकाले सो बजेट फिर्ता गरी सांसदहरुले दिएको सुझावको आधारमा सरकारले नयाँ बजेट ल्याउनुपर्ने उनको तर्क थियो।आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिँदै सचेतक बर्तौलाले बजेटमार्फत सरकारले जिल्ला निर्वाचन कार्यालय हटाउने, किसानको हितविपरीत राष्ट्रिय दुग्ध बोर्ड खारेज गर्ने निर्णय लिएको भन्दै आपत्ति समेत

सम्बन्धित सामग्री

एमाले–माओवादी नेतृत्वको सरकारलाई काँध फेर्ने छुट छैनः महेश बर्तौला

काठमाडौं, २४ फागुन । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले देश र जनतालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले नयाँ बनेको सरकारले वकास, सुशासन, समृद्धि र सामाजिक न्यायलाई ध्येय बनाए काम गर्नुपर्ने बताएका हुन् । उनले एमाले–माओवादीको सरकारलाई हिँड्दाहिँड्दै काँध गलेमा काँध फेर्ने छुट […]

सरकार नाकमा बसेको झिँगा धपाउनेतिर लागेन, बरु नाकै काटिदियोः महेश बर्तौला

काठमाडौं, २८ कात्तिक । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद्को विशेष बैठकले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि अहिले मिश्रित प्रतिकृयाहरु व्यक्त भइरहेको अवस्था छ । यसैबीच सरकारको उक्त निर्णय र सरकारका अन्य गतिविधिबारे रिपोर्टर्सकर्मी मोहन बुढाक्षेत्रीले नेकपा (एमाले) का सचेतक महेश बर्तौलासँग गरेको संवादको सम्पादित […]

एमालेले दुर्गा प्रसाईँलाई पक्राउ गर्न सरकार गुहारेको छैनः महेश बर्तौला

काठमाडौं, १३ कात्तिक । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गर्न नभनेको दाबी गरेका छन् । रिपोर्टर्स नेपालसँग संक्षिप्त कुराकानी गर्दै सचेतक बर्तौलाले प्रसाईँको अराजकताको सीमा नभएपनि एमालेले सरकारलाई कुनै अमुक व्यक्तिलाई पक्राउ गर्न नभनेको दाबी गरे । उनले सामाजिक सद्भाव […]

सरकार संविधान र कानुनअनुसार अगाडि नबढ्दा देशमा अराजकता बढ्योः महेश बर्तौला

काठमाडौं, १९ असोज । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले सरकार संविधान र कानुनको बाटोमा नहिँडेको कारण देशमा अराजकता बढेको बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकमहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले सरकार संविधान र कानुनअनुसार अगाडि बढ्दा देश सुशासन र समृद्धि तर्फ अगाडि बढ्न नसकेको बताएका हुन् । सरकारको […]

मकवानपुर–२ मा एमालेका महेश बर्तौला विजयी

हेटौंडा । मकवानपुर जिल्लाको क्षेत्र नं २ मा नेकपा (एमाले) को उम्मेदवार महेश बर्तौला विजयी हुनुभएको छ । सत्तारुढ गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का विरोध खतिवडालाई ४ हजार ५ सय २० मतान्तरले पराजित गर्दै बर्तौला विजयी हुनुभएको हो । मुख्य निर्वाचन कार्यालयले प्रकाशित गरेको नतिजा अनुसार क्षेत्र नं २ मा एमालेका बर्तौलाले ३४ हजार […]

मकवानपुर २मा एकिकृत समाजवादीका खतिवडालाई हराउँदै एमालेका बर्तौला  बिजयी

मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार महेश बर्तौला बिजयी भएका छन् । बर्तौलाले नेकपा एकीकृत समाजवादीका विरोध खतिवडालाई चार हजार पाँच सय २० मतान्तरले पराजित गर्दै पहिलोपटक...

राजनीतिक गुरु विरोधलाई हराउँदै सांसद चुनिए महेश बर्तौला

८ मंसिर, मकवानपुर । मकवानपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार महेश बर्तौला प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका विरोध खतिवडालाई ४ हजारभन्दा बढी मत अन्तरले पछि पार्दै बर्तौलाले प्रतिनिधि सभाको यात्रा तय गरेका हुन् । ८६ हजार ३१ मत खसेकोमध्ये बर्तौलाले ३४ हजार ९१६ मत पाएर […]

विरोध खतिवडाले अग्रता लिए, एमालेका महेश बर्तौला पछि परे

काठमाडौं, ५ मंसिर । मकवानपुर-२ का उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का विरोध खतिवडाले अग्रता लिएका छन्। खतिवडाले १९२० मत ल्याएका छन्। उनलाई एमालेका महेश बर्तौलाले पछ्याईरहेका छन् । उनले १६०५ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ५०१ मत ल्याएका छन्। खतिवडा यो क्षेत्रमा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार हुन् । file photo