विपत् व्यवस्थापन कार्यमा समस्या

बर्खा लागेसँगै बाढीपहिरो, डुबान र सडक अवरुद्ध जस्ता विपत्को जोखिम बढ्दै गएको छ । जिल्लामा विपत् व्यवस्थापन समिति भए पनि कोष स्थानीय पालिकामा हुँदा प्रतिकार्य योजना बनाउन कठिनाइ भएको छ ।

सम्बन्धित सामग्री

बागलुङमा डेंगी बढ्यो तर परीक्षण किट छैन, कास्कीमा १ हजार ४०० बढी डेंगी संक्रमित

बलेवा । बागलुङ जिल्लामा डेंगीको समस्या बढिरहेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । धौलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा रविरञ्जन प्रधानले दैनिक डेंगीका बिरामी बढे पनि त्यसका लागि अत्यावश्यक रगत परीक्षण कीट नभएको गुनासो गरे । स्वास्थ्य कार्यालयले पनि डेंगीरोग महामारीको रुपमा आएकोले रगत परीक्षण कीट भित्र्याउन सबैको चासो र पहल हुनुपर्ने आवश्यकता औंल्याउँदै मङ्गलबार डेंगी, स्क्रब टाइफस, सापुलगायतको जोखिमबारे सरोकारवालाको ध्यानाकर्षण समेत गरायो ।      जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले ती समस्याबारे प्रस्तुती गर्दै लामखुट्टे, सेतो पुतली र मुसामा लाग्ने भुसुनाबाट जोगिनुपर्नेमा जोड दिनुभयो । अहिले डेंगीपरीक्षणको कीट नभएकोले रगत परीक्षण गर्न नसकिएको उनको भनाइ थियो ।      स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले भने, “तनहुँमा महामारी भएकाले धेरै सेवा उतै गएको छ, भोलि यहाँ पनि सङ्क्रमण बढ्ने अवस्था छ, त्यसका लागि मन्त्रालय तहसम्म पहल गरेर कीट तयारी राख्नुपर्छ ।” धौलागिरि अस्पतालले पाँच सय कीट मागेकामा अहिलेसम्म नआएको उनको गुनासो थियो । अस्पतालमा आउने बिरामीमध्ये ३० प्रतिशत ज्वरोका मात्रै भएको तथ्याङ्क छ । “दैनिक पाँच सयसम्म बिरामी आइरहेका छन्, तीमध्ये ३० प्रतिशत ज्वरोका छन्,’ प्रमुख शर्माले भने, “अहिलेको महामारी भएकोले सबैको डेंगीपरीक्षण गर्न चाहेर पनि सकिएको छैन ।” अस्पतालमा आइतबारसम्म परीक्षण भएका एक सय ३९ डेंगीका सङ्क्रमित छन् । बागलुङको बुर्तिवाङ, बडिगाड र गलकोट क्षेत्रमा डेंगीका बिरामी धेरै भेटिएको बताउँदै उनले खोज र नष्ट गर अभियान चलाएर सङ्क्रमण रोक्ने प्रयास भए पनि दैनिक बिरामी बढेको छ भने ।कीट व्यवस्थापनका लागि जिल्ला दैवीप्रकोप उद्धार समिति स्वास्थ्य कार्यालय तथा मनसुनजन्य विपत् व्यवस्थापन समितिले पहल गर्ने निर्णय गरेको छ ।      प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा सबै पालिकाका जनप्रतिनिधि, कार्यालय प्रमुख तथा स्वास्थ्य, रेडक्रस र धौलागिरि अस्पतालका पदाधिकारीले पनि महामारी नियन्त्रणमा चासो दिएका थिए । चाडपर्वमा बढ्न सक्ने महामारीप्रति सचेत हुन र परीक्षणको दायरा बढाउन तत्काल कीट तथा औषधिको भण्डारण बढाउन उनीहरुले सुझाव दिएका थिए ।      कास्कीमा  १ हजार ४०० बढी डेंगी संक्रमित कास्कीमा पछिल्ला दिनमा डेंगीको सङ्क्रमण बढेको राससले समाचार संप्रेषण गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म एक हजार चार सय ८१ मा सङ्क्रमण पुष्टि भएको छ । केही दिनयता पोखराका अस्पतालमा डेंगी भएर उपचारका लागि आउनेको सङ्ख्या दैनिक बढ्दै गएको जनाइएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अहिले ११ जना डेंगीका बिरामी उपचाररत छन् । त्यसमध्ये दुईको सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालका निर्देशक डा भरतबहादुर खत्रीले बताए ।      “अहिले दैनिक डेंगी सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । पानी पर्न नरोकिएकाले अझै केही दिन सङ्क्रमण बढ्ने देखिन्छ”, उनले भने, “सङ्क्रमितमा उच्च ज्वरो आउने, मांशपेशी दुख्ने, टाउँको दुख्ने, आँखा वा आँखाका गेडी दुख्ने, वान्ता हुने, थकान तथा बेचैनी हुने, जोर्नी दुख्ने लक्षण देखिने गरेका छन् ।”      स्वास्थ्य कार्यालयका प्रमुख बद्री आचार्यले सङ्क्रमणबाट बच्नका लागि सचेतना नै महत्वपूर्ण हुने जनाउँदै लामखुट्टेको टोकाइबाट बच्नुपर्ने बताए । “कास्कीमा सङ्क्रमण बढ्दै गएको छ । सचेतनाका कार्यक्रम गरिए पनि सङ्क्रमण कम हुन सकेको छैन”, उनले भने, “डेंगीबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नु नै उपयुक्त उपाय हो । यसका लागि पानी जम्मा हुने खाल्डाखुल्डी पुर्ने, एसी, कुलरबाट जम्मा हुने पानी दैनिक परिवर्तन गर्नेलगायत कुरा सबैलाई जानकारी गराउनु पर्दछ ।” आचार्यका अनुसार पोखरामा वडा कार्यालय, विभिन्न संघसस्थाले डेंगी सचेतनाका कार्यक्रम गर्दै आएका छन् । “सङ्क्रमण बढेपछि लामखुट्टेको ‘सर्च एण्ड डिस्ट्रोय’ कार्यक्रम सञ्चालन गरिएको छ”, उनले भने । वर्षात्को समयमा पानी जम्ने भएकाले डेंगीको सङ्क्रमण बढी फैलिने गरेको चिकित्सक बताउँछन् । गण्डकी प्रदेशमा हालसम्म छ हजार सात सय ७८ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेशका ११ जिल्लामध्ये हालसम्म तनहुँ र कास्कीमा डेंगी सङ्क्रमणदर उच्च छ । मुस्ताङ बाहेकका अन्य सबै जिल्लामा सङ्क्रमण देखिएको छ । रासस

काठमाडौं उपत्यकाका दुई दर्जन स्थान सधैँ डुबानको जोखिममा

हरेक वर्ष उपत्यकामा पनि डुबानको समस्या देखिने गरेको छ । डुबानकै कारण प्रत्येक वर्ष उपत्यकामा जनधनको क्षति बढ्दै गएको प्रहरी तथ्यांकले देखाउँछ । प्रहरी प्रधान कार्यालय विपत् व्यवस्थापन महाशाखाका अनुसार काठमाडौं उपत्यकामा...

किसानलाई तत्काल राहत प्याकेज प्रस्ताव

पछिल्ला वर्षमा सुक्खा, खडेरी, अनावृष्टि, अतिवृष्टिलगायतका घटनाका कारण प्राकृतिक विपत्ति बढ्दा धनजनको क्षति हुन थालेपछि तत्काल स्रोतको जोहो र परिचालन गर्न सरकारले विपत् व्यवस्थापन कोष स्थापना गर्ने भएको छ । अकस्मात् हुने विपत्तिबाट सिर्जित समस्याहरूको व्यवस्थापन गर्न स्थायी र दीर्घकालीन स्रोतको रूपमा कोषलाई प्रयोग गर्ने गरी कोषको व्यवस्था गर्न थालिएको हो । मनसुन बाहिरी सकेको अवस्थामा यो वर्ष अकस्मात् भारी वर्षा भएका कारण देशभर बाढीपहिरोले ठूलो धनजनको नोक्सानी गरेपछि बुधबार बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को आठौँ बैठकले कोषमा पहिलो पटक रकम जम्मा गरी सञ्चालन गर्ने निर्णय गरेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार, प्राकृतिक घटनाबाट सिर्जित समस्या व्यवस्थापनका लागि चाहिने आवश्यक दीर्घकालीन स्रोत परिचालन गर्न कोषमा सरकारले रकम हाल्ने र दातृ निकाय, विभिन्न सङ्घ÷संस्थाबाट प्राप्त सहयोग, अनुदानलाई पनि राखिने छ ।

प्रचण्डको गृहजिल्ला भनेर सरकारले चितवनलाई उपेक्षा गर्‍यो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रचण्डको गृहजिल्ला भनेर ओली सरकारले चितवनलाई  वेवास्ता गरेको आरोप लगाएका छन् ।  मंगलबार  विपत् व्यवस्थापन र जानकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले चितवनको समस्या...

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बागलुङको गलकोट नगरपालिकामा आइतबार साँझ एक गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरी पोखरा पठाइएको छ ।गलकोट–८ काँडेवास निवासी ३२ वर्षीया पार्वती हिस्ताङको पाठेघरको नलीमा शिशु गर्भमा बसी जटिल समस्या देखिएका कारण तत्कालै उद्धार गरी पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको नगरपालिका विपत् व्यवस्थापन समितिका संयोजक तथा वडा नम्बर ३ का वडाध्यक्ष वीरजङ्ग भण्डारीले जानकारी दिनुभयो ।

बनेन विपत् प्रतिकार्य योजना

बर्खा लागेसँगै बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपत्का घटना दिनप्रतिदिन बढ्न थाले पनि कैलालीका अधिकांश स्थानीय तहले विपत् व्यवस्थापन, जोखिम न्यूनीकरण तथा प्रतिकार्यसम्बन्धी कुनै योजना बनाएका छैनन्। विपत् आइपरेपछि मात्रै तात्तिने परिपाटीका कारण स्थानीय सरकार अझै तयारीमा नजुटेको भनाइ विपत् प्रभावित स्थानीयवासीको छ। बर्खा लागेसँगै बाढी, डुबान, पहिरोलगायतका समस्या भोग्दै आएका कतिपय पालिकाले समेत यस वर्षका लागि स्थानीय तहमा विपत् प्रतिकार्य योजना बनाएका छैनन्।