बर्खा लागेसँगै बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपत्का घटना दिनप्रतिदिन बढ्न थाले पनि कैलालीका अधिकांश स्थानीय तहले विपत् व्यवस्थापन, जोखिम न्यूनीकरण तथा प्रतिकार्यसम्बन्धी कुनै योजना बनाएका छैनन्। विपत् आइपरेपछि मात्रै तात्तिने परिपाटीका कारण स्थानीय सरकार अझै तयारीमा नजुटेको भनाइ विपत् प्रभावित स्थानीयवासीको छ। बर्खा लागेसँगै बाढी, डुबान, पहिरोलगायतका समस्या भोग्दै आएका कतिपय पालिकाले समेत यस वर्षका लागि स्थानीय तहमा विपत् प्रतिकार्य योजना बनाएका छैनन्।