मिति घोषणा नहुँदै आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी बढेको छ । पछिल्ला दिनमा विभिन्न साना ठुला राजनीतिक दलदेखि स्वतन्त्र समूहहरु चुनाव केन्द्रित क्रियाकलापमा जुटेका हुन् ।सरकारले निर्वाचन आयोगसँगको समन्वयमा आगामी कात्तिक अन्तिम वा मंसिर पहिलो साता चुनावको मिति तोक्ने तयारी गरिरहेको छ । सोही अवस्थालाई मध्यनजर गर्दै राजनीतिक दल र सरोकारवालाहरु चुनाव केन्द्रित गतिविधिसँगै आ–आफ्नो तयारीमा लागेका हुन् ।२०७४ सालमा सम्पन्न निर्वाचनबाट चुनिएका प्रदेशसभा र प्रतिनिधिसभा सदस्यहरु