चुनाव लाग्यो, अब निर्वाचन आयोगले के–के गर्छ ?

सरकारले स्थानीय तहको निर्वाचन ०७९ वैशाख ३० गते एकै चरणमा गर्ने घोषणा गरे पनि सो निर्णय औपचारिकरुपमा आयोगमा पुगेको छैन । यद्यपि निर्वाचन आयोगले मंगलबार बिहान ७७ वटै जिल्लाका निर्वाचन कार्यालयका प्रमुखलाई जुम मिटिङमार्फत मतदाता नामावली संकलन कार्यक्रम स्थगनका लागि निर्देशन दिएको छ ।सोमबारसम्म १८ वर्ष पुगेका करिब ११ लाख जनाको मतदाता नामावलीमा नाम सूचीकृत भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगले १८ वर्ष माथिका १० लाख जति मतदाता नामावलीमा सूचीकृत गराउने