संसद्बाट एमसीसी पारित भएसँगै गत सोमबार साना ८ दलले नेपाल बन्दको आह्वान गरे । आन्दोलनकारीले कांग्रेस, एमाले र माओवादी केन्द्रका पार्टी कार्यालयमा ढुंगामुढा र आगजनीको प्रयास गरेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्युसमेत जारी गर्यो । सोही दिन प्रदर्शनकारीको ढुंगा प्रहारबाट होटल व्यवसायी ३८ वर्षीय रणबहादुर डाँगी गम्भीर घाइते भए । आर्थिक समस्याका कारण उनको उपचारमा समस्या भएको छ ।