काठमाडौं । जग्गा अधिग्रहण गरिएको ४७ वर्षपछि पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । अंग्रेजी नयाँ वर्ष सुरु भएसँगै विमानस्थल व्यावसायिक रुपमै सञ्चालनमा आएको हो । २००७ सालको क्रान्तिलगत्तै २००८ सालदेखि पोखरासँग हवाई यातायातको साइनो जोडिएको हो । घाँसे मैदानमा चरिरहेका गाई धपाएर जहाज अवतरणबाट सुरु इतिहास ७१ वर्षपछि अन्तर्राष्ट्रिय विमानस्थलमा अनुवाद भएको हो […]