काठमाण्डौ – उद्यमशीलता विकासका लागि ‘आफन्त’ नामक सामाजिक सञ्जाल सञ्चालनमा आएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घले लघु, घरेलु तथा साना उद्योग व्यवसाय र पेसा प्रवर्द्धन गर्ने उद्देश्यले केही दिनअघि मात्रै ‘आफन्त’ नामक सामाजिक सञ्जाल सञ्चालनमा ल्याएको हो ।
नेपालीले नेपालीकै लागि बनाएर सञ्चालनमा ल्याइएको ‘आफन्त’ लाई उत्पादनदेखि बजारीकरणका लागि साना उद्योगी तथा व्यवसायीहरूले उपयोग गर्न सक्नेछन् । उत्पादन, बजार, उद्यमीलाई जोड्न सकियोस् र प्रयोगकर्तालाई सजिलो होस् भनेर एप सञ्चाल...